दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका ...
फागुन १, २०८१ बिहिबार
खोटाङ – लकडाउनकाे कारण राेकिएकाे पठनपाठन सुरु गर्न खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ६२ शिक्षकको आरडीटी परीक्षण गरिएको छ । कोभिड–१९ काे कारण ठप्प भएको पठनपाठन सुरु गर्नकाे लागि गाउँपालिका भित्रिएका शिक्षक/शिक्षिकाको शनिबार आरडीटि परीक्षण गरिएको हो ।
साउन ७ गतेदेखि टोल–टोलमा सुरु गरिने पठनपाठन अघि अरु नै गाउँपालिकाबाट भित्रिएका शिक्षक/शिक्षिकाको आरडीटी परीक्षण गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । सकैकाे आरडीटी परीक्षण रिपाेर्ट नेगेटिभ आएकाे छ ।
असार मसान्त बितिसक्दा पनि कोभिड–१९ को प्रकाेप कायमै रहँदा शैक्षिक क्यालेण्डर नै तलमाथि हुने अवस्था आएकाेले गाउँपालिकाले आगामी साउन ७ गतेदेखि सामाजिक दुरी कायम गरेर पठनपाठन सुरु गराउने तयारी थालेको हो ।
कोभिड–१९ काे कारण ठप्प शैक्षिक क्रियाकलापलाई टोल–टोलमा विषयगत शिक्षक खटाएर सुरु गराउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Dk
July 18, 2020, 6:08 p.m.अनि विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति, अरु सम्बन्धित कर्मचारीहरु चै कोरोना प्रुफ हुन्छन् हो ??? हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नहोस् । 🙏🙏