४ घण्टा लामाे नेकपाको सचिवालय बैठक निष्कर्षविहीन

 साउन ३, २०७७ शनिबार १९:३३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष टुङ्गिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे चार घण्टा लामाे बैठकमा खास निष्कर्ष ननिस्किएको र थप छलफल जारी राख्ने सहमति भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले पार्टीको आन्तरिक सङ्कटलाई सहमतिको आधारमा कसरी सम्बोधन र समाधान गर्ने भन्नेबारेमा दुई अध्यक्ष र अरु नेताबीच गृहकार्य भइरहेको र सचिवालयले त्यसबारेमा अझै छलफल गरेर पार्टी एकतालाई रक्षा गर्न तथा जनादेशअनुसार काम गर्ने गरी अझै थप छलफल गर्ने सहमति भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेको विषय बैठकमा प्रवेश गर्‍याे कि गरेन भन्ने पत्रकारहरुको प्रश्नमा प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘राजीनामाको कुनै विषय औपचारिक प्रस्ताव बनेको थिएन । पार्टीमा छलफलका क्रममा विभिन्न नेताहरुले के गरेर आजको सङ्कट समाधान गर्न र जिम्मवारी पूरा गर्न सकिन्छ भन्ने बारेमा विचार राखनुभएको थियो । त्यो विचारहरु प्रस्ताव बनेको र निर्णयार्थ प्रस्तुत भएको अवस्था होइन ।’

आइतबारकाे स्थायी कमिटीको बैठकमा यसबारेमा छलफल हुने पनि प्रवक्ता श्रेष्ठको भनाइ छ ।

शीर्ष तहमा सहमति जुटाउने भन्दै पटक–पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको छ । असार १० गतेदेखि जारी बैठक नेताहरुबीच सहमति हुन नसक्दा असार १८ गतेयता बारम्बार स्थगित हुँदै आएको छ ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया