बनारस : भाइरल भिडियोमा देखिएका व्यक्ति 'भारतीय', पैसा लिएर 'नेपाली' बनेकाे खुलासा

 साउन ३, २०७७ शनिबार १९:४३:० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – उत्तर प्रदेशको वाराणासीको भाइरल भिडियोमा देखिएका व्यक्ति नेपाली नभइ भारतीय नै भएको खुलेको छ । यसअघि नेपाली नागरिकको जबर्जस्ती कपाल खाैरेर जय श्री राम लेखिएकाे भनिएकोमा शनिबार घटनामा नयाँ मोड आएको हो । 

वाराणासीका एसएसपी अमित पाठकका अनुसार भिडियोमा देखिएका व्यक्ति नेपाली नभइ भारतीय नै भएको बताए । प्रहरी टिमले ती व्यक्तिलाई हिरासतमा लिएर सोधपुछ गर्दा यस्तो तथ्य बाहिरिएको हो । 
कथित नेपाली युवकले आफ्नो नाम धर्मेन्द्र सिंह भएको बताए । उनी साडीको पसलमा काम गर्छन् । 

लकडाउनको कारण आर्थिक सङ्कट झेलिरहेका सिंहलाई संस्थाका सदस्यले एक हजार भारतीय रुपैयाँको लोभ देखाएर भिडियो बनाएको एसएसपी पाठकले बताए । 

यो तथ्य बाहिरिएपछि प्रहरीले विश्व हिन्दू सेनाका संस्थापक र मुख्य आरोपी अरुण पाठकको खोजी सुरु गरेको छ । उनीहरुविरुद्ध मुद्दा दर्ता भएको छ । 

मुद्दा दर्ता भएलगत्तै प्रहरीले पक्राउ गर्न खोजी सुरु गरेको हो । अहिलेसम्म चार जनालाई पक्राउ गरिएको सञ्चारमाध्यमले जनाएका छन् ।    

गएकाे बुधबार कथित नेपाली नागरिककाे जबर्जस्ती कपाल खाैरिएकाे भिडियाे भाइरल भएकाे थियाे । कपाल खाैरिदिएपछि ती युवककाे टाउकाेमा जय श्री राम लेखेर नेपाल र प्रधानमन्त्री केपी शर्मा 
ओलीविरद्ध नाजाबाजी भएकाे थियाे । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया