दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – पछिल्लो २४ घण्टामा जम्मा ५७ जनामा मात्रै कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षणमा जम्मा ५७ जनामा कोरोना पुष्टि भएको हो । अहिले सक्रिय र निको भएर घर गएका जोड्दा १७ हजार पाँच सय दुई जनामा कोरोना पुष्टि भएको मन्त्रलायले जनाएको छ ।
अहिले देशभरका आइसोलेशनमा पाँच हजार आठ सय २५ जना सक्रिय सङ्क्रमित रहेकाे मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा ७९ जना, प्रदेश २ मा एक हजार आठ सय ४४, वाग्मतीमा चार सय ११, गण्डकीमा चार सय आठ जना, प्रदेश ५ मा चार सय १४ , कर्णाली प्रदेशमा तीन सय १७ र सुदूरपश्चिममा दुई हजार तीन सय ५२ जना आइसोलेशनमा छन् ।
कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ६ सय ३७ पुगेको छ । जसमा एक सय तीन जना पछिल्लाे २४ घण्टामा डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेको याे सङ्ख्या कुल सङ्क्रमितको ६६ दशमलव १२ प्रतिशत हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।