अवरुद्ध सडक खुलाउन समय लाग्ने

 साउन ४, २०७७ आइतबार ७:५५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अरनिको राजमार्ग अन्तर्गत खुर्सानीबारी, खग्दाल र सिरिसे सडकखण्ड खुलाउन समय लाग्ने भएको छ ।

भोटेकोशी खोलाले धार परिवर्तन गरेका कारण यी सडकखण्ड खुलाउन समय लाग्ने सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख विजयकुमार महतोले जानकारी दिनुभयो । यी सडकखण्डको ठाउँठाउँमा सडक भासिनुका साथै भोटेकोशी खोलाले धार परिवर्तन गरेकाले खुलाउन समय लाग्ने उहाँको भनाई छ ।

यो सडकखण्ड भएर यात्रा गर्नेलाई अहिले वैकल्पिक सडक अन्तर्गत ग्रामिण सडक प्रयोग गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।​ शिरिसे र खुर्सानीबारी सडकखण्ड ९ दिनदेखि अवरुद्ध भएका हुन् भने लामोसाँघु सडकखण्ड ४ दिनदेखि अवरुद्ध छ ।

यस्तै अछामको साँफेबगर–मार्तडी सडक एक हप्तादेखि सञ्चालनमा आएको छैन । यो सडकखण्ड सञ्चालनमा आउन पनि समय लाग्ने सडक विभागले जनाएको छ ।

यस्तै काठमाण्डौ सिस्नेरी हुँदै हेटौँडा जाने सडकखण्ड र काठमाण्डौ फाखेल हुँदै हेटौँडा जाने सडकखण्ड खुलाउने प्रयास भइरहे पनि पानी पर्ने क्रम नरोकिएकाले सञ्चालनमा आउन सकेको छैन । कान्ति लोकपथ पनि अवरुद्ध भएको छ ।

असार २० गतेदेखि अवरुद्ध भएको यो सडकखण्ड बीचमा केही दिन सञ्चालनमा आए पनि फेरि अवरुद्ध भएको हो । ठाउँठाउँमा पहिरो गएकाले यो सडकखण्ड सञ्चालनमा आउन पनि समय लाग्ने भएको छ ।

चन्द्रनिगाहापुर गौर सडकखण्ड पनि खवरुद्ध भएको छ । यस्तै पहिरोका कारण बेनी जोमसोम कोरला सडकखण्ड पनि असार २७ देखि अवरुद्ध भएको छ ।

 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया