'अझै ३/४ दिन छाता र रेनकोट बोकेर मात्रै घरबाहिर निस्कनुस्'

 साउन ४, २०७७ आइतबार १६:५६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएकाे तीन/चार दिन खुलेर टन्टलापुर घाम लागे पनि फेरि आइतबारदेखि देशभर झरी परेको छ ।

मनसुनी न्यून चापीय रेखा नेपाल नजिकै रहेकोले अबको दुई चार दिन नै देशभर झरी पर्ने र केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।  उहाँकाअनुसार केही ठाउँमा बाढी पहिरोसँगै डुबानको जोखिम छ ।

लगातारको झरीले जमिन गल्ने हुँदा पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । अहिले देशभर मनसुन सक्रिय रहेको उहाँले जानकारी दिनुभयाे । 

प्रदेश नम्बर २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ भने ती अझै ठूलो वर्षाको सम्भावना छ । यस्तै राति पनि ठूलो पानी पर्ने सम्भावना रहेकाले सचेत रहन मौसमविद्को सुझाव छ ।  

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया