होटल सङ्घ र मजदुरबीच सहमति, डिसेम्बरसम्म होटल बन्द भए पनि तलब पाउने

 साउन ४, २०७७ आइतबार १८:२१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काेराेना भाइरसकाे प्रभावका कारण होटलहरु पूर्णरुपमा बन्द भए पनि मजदुरले तलब पाउने भएका छन् । आइतबार होटल सङ्घ नेपाल र विभिन्न मजदुर सङ्गठनका प्रतिनिधिबीच भएको छलफलमा आउँदो डिसेम्बरसम्म होटल बन्द रहने अनुमान गर्दै होटल र मजदुर दुवै बाँच्ने र बचाउने अवधारणाका साथ काम गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार डिलक्स पाँच तारे होटल र रिसोर्टमा काम गर्ने मजदुरले मासिक १० हजार रुपैयाँ पाउनेछन्, दुई सय कोठाभन्दा कम भएको पाँच तारे होटल तथा रिसोर्टका मजदुरले मासिक नौ हजार रुपैयाँ पाउनेछन् ।

सय कोठाभन्दा बढी भएको चार तारे होटल  तथा त्यही स्तरकाे रिसोर्टका श्रमिक तथा कर्मचारीहरूलाई मासिक आठ हजार चार  सय ५५ रुपैयाँ,  सय कोठाभन्दा कम भएको चार तारे होटल  तथा रिसोर्टका श्रमिक तथा कर्मचारीहरूलाई मासिक आठ हजार, तीन तारे तथा त्यही स्तरकाे रिसोर्टका श्रमिक तथा कर्मचारीहरूलाई मासिक पाँच हजार रुपैयाँ दिने सहमति भएको छ ।

यस्तै दुई तारे होटलका श्रमिक तथा कर्मचारीहरूलाई मासिक चार हजार तीन सय र एक तारे र पर्यटकस्तरीयको होटलका श्रमिकले आपसी समझदारीमा मासिक तलब पाउनेछन् । कम क्षमतामा होटल चल्ने भएमा चक्रीय प्रणालीअनुसार श्रमिकले काम गर्ने र पूरै तलब लिने सहमति पनि भएको छ । 

होटल सङ्घ र मजदुर सङ्गठनबीच भएको सहमति :

अन्तिम अपडेट: बैशाख १२, २०८१

1 Comments

  • Rajesh

    July 19, 2020, 8:46 p.m.

    अन्य होटेलको लागि त सहमति भएछ तर रेस्टुरेन्ट र बारहरुमा काम गर्ने कर्मचारीको लागि के सहमति भएको छ ? हामीले अहिले सम्म सरकारले भनेको १२.५% सेलरी पनि पाएका छैनौ ।र अहिलेसम्म कुनै राहत पनि पायेका छैनौ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया