दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका ...
फागुन १, २०८१ बिहिबार
झापा – झापाकाे दक्षिणी भारतीय सीमावर्ती क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिका ५ को डाँगी टोलामा रहेको सशस्त्र प्रहरी पोस्टमाथि भारतीय पक्षकाे नचिनेकाे समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका छन् ।
नेपाल–भारत सीमा क्षेत्रको सशस्त्र प्रहरी पोस्टमाथि शनिबार राति ९ बजेर १५ मिनेट जाँदा झण्डै ५० जनाको घरेलु हतियारधारी समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका हुन् ।
डाँगी टोलको पिलर नम्बर एक सय ५२ को तीन सय मिटर पूर्वमा रहेको अस्थायी सशस्त्र प्रहरी पोस्टमाथि एक्कासी आक्रमण गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गर्नुपरेको सीमा सशस्त्र प्रहरी बल गौरीगञ्जका प्रहरी निरीक्षक (इन्सपेक्टर) साइमण श्रेष्ठले बताउनुभयो । झडपमा आक्रमणकारीले भाला, खुकुरी, रड, दाउलगायतका घरेलु हातहतियार प्रयोग गरेका थिए ।
हवाई फायरपछि आक्रमणकारी तितरबितर भएका र भारततर्फ नै भागेकाे प्रहरीले जनाएको छ । भारतीय तस्करले नेपालतर्फ मालसमान लान नपाएर प्रहरीमाथि आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ । यसअघि पनि झापा गाउँपालिकाको सीमा क्षेत्रमा भारतीय समूहले त्यसरी नै आक्रमण गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बाबु राम श्रेष्ठ
July 20, 2020, 7:40 a.m.तेसैको लागित हतियार देको सरकारले किन गोलि नठोकेको हतियार चाहिँ देखाउन मात्रै होर हतियार भनेकै देश र आफ्नो सुरक्षा को लागि हो सिधै गोलि हान्ने आदेश नेपाल सरकारले पनि आदेश दिनु पर्छ