चितवनको चारकिलोमा पहिरो खस्यो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

 साउन ५, २०७७ सोमबार ७:३:१ | उज्यालो सहकर्मी

काठमाण्डाै - नारायणगढ–​मुग्लिन सडकखण्डको चारकिलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

आज बिहान ठूलो पहिरो खसेको र दुई वटा बिजुलीका पोलसहित ढलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार ठूलो पहिरो गएको र खस्ने क्रम पनि चलिरहेकाले पन्छाउन समय लाग्ने भएको छ । इच्छाकामना–६ मा पर्ने चारकिलोमा पटक पटक पहिरो खस्ने गरेको छ । पहिरो खसेपछि बिहान ५ बजेदेखि सडक अवरुद्ध छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया