पहिरोका कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

 साउन ५, २०७७ सोमबार ७:५६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ ।

स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ क्षेत्रमा पहिरो खस्दा सडक खण्ड अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ क्षेत्रमा पहिरो खसेको छ । अवरुद्ध सडक खुलाउन समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

यस क्षेत्रमा बर्खा सुरु भएयता पटकपटक सडक अवरुद्ध हुँदै आएको छ । पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे खण्ड र धुन्चे–स्याफ्रु खण्डमा भने गाडी चलिरहेका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया