नारायणी, कोशी र लालबकैया नदीमा बाढी खतराको संकेतसम्म पुग्यो

 साउन ५, २०७७ सोमबार १२:४१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लगातारको झरीले नदी खोलामा पानीको सतह बढ्न थालेको छ । नारायणी, लालबकैया र कोशीमा बाढी खतराको सङ्केतसम्म पुगेको छ ।

 प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका नदी र खोलामा पानीको सतह बढ्दै गएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
 
त्रियुगा, खाडो, बालन खुट्टी, चुरियाखोला, माउली, रातो, बिगही, झिमखोला हर्दीखोला, मरहाखोला, लखन्देही र साना नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । 

 चितवन र नवलपरासीको नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । त्यस्तै कन्काई, कोशी, कमला, तिनाउ, बबई, पश्चिम राप्तीका केही सहायक नदीमा पनि पानीको बहाव सतर्कता तहसम्म पुग्न सक्ने भएकाले सावधानी अपनाउन भनिएको छ । 

काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा वर्षा भइरहेको छ । वाग्मतीसहित विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खुलगायतका नदीमा बहाव सतर्कता नजिक पुगेको छ । बाढी पूर्वानुमान महाशाखाले सडक किनार र होचा ठाउँमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया