जमल जलमग्न, दुई पाङ्ग्रे साधन दुईतर्फी चल्न सकेनन्

मुनसुनी न्यून चापीय रेखा नेपालमाथि, अझै दुई दिनसम्म लगातार ठूलो झरी पर्ने

 साउन ५, २०७७ सोमबार १६:२७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार पानी परिरहेका कारण काठमाण्डौ उपत्यकाका ठाउँठाउँमा पानी जम्दा गाडी ओहोरदाेहाेरमा समस्या भएको छ ।

विशेषगरी सडक मर्मत तथा ढल र खानेपानीको पाइप जडान गर्नका लागि खनिएका ठाउँमा गाडी आवागमनमा समस्या भएको छ । आइतबारदेखिको लगातारको झरीका कारण जमलमा एकतर्फ मात्रै दुई पाङ्ग्रे गाडी चलेका छन् । पानी जमेर पोखरी भएकाले मोटरसाइकल र स्कुटर दुईतर्फी चल्न नसकेका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार जमलमा चार पाङ्ग्रे गाडी भने दुईतर्फी नै चलिरहेका छन् । यस्तै काठमाण्डाैकाे चावहिल–चुच्चेपाटी सडकखण्डमा पनि गाडीको ओहोरदोहोरमा समस्या छ । सडक खनेकाले लगातारको झरीका कारण सडक जलमग्न र हिलाम्मे भएको छ ।

यस्तै कलङ्कीको खसीबजार, बल्खुलगायतका ठाउँमा पनि सडकमा पानी जमेको छ ।

मुनसुनी न्यून चापीय रेखा नेपालमाथि, अझै दुई दिनसम्म लगातार ठूलो झरी पर्ने   

आइतबारदेखि देशका धेरै ठाउँमा लगातार ठूलो झरी परिरहेको छ । अझै दुई दिन ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । 

उहाँकाअनुसार मनसुनी न्यून चापीय रेखा नेपालको सिधामाथि रहेकाले लगातार ठूलो झरी परेको हो । दुई दिनपछि भने लगातारको झरी रोकिने पूर्वानुमान गरिएको मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।

अहिले सबैभन्दा धेरै वाग्मती, गण्डकी तथा प्रदेश १ र २ मा पानी परेको छ । ठूलो झरी नरोकिएकाले यी क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेको मौसमविद्ले बताएका छन् । नदी र खोला नालामा बाढी आएकाले आसपासमा बस्नेलाई उच्च सावधानी अपनाउन मौसमविद्को सुझाव छ । 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया