मीन भामको 'चिसाे वर्ष' स्क्रिप्टले पायो एक करोडको पुरस्कार

 साउन ५, २०७७ सोमबार १७:८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – 'कालो पोथी' का निर्देशक मीन भामले बनाउने फिल्म ‘चिसो वर्ष’ काे स्क्रिप्टले एक करोड तीन लाख रुपैयाँको पुरस्कार जितेको छ । टुवेल्फ पुन्टो स्क्रिप्ट ल्याबले मीन भामको फिल्म ‘चिसो वर्ष’ (अ इयर अफ् कोल्ड) को स्क्रिप्टलाई ७५ हजार युरोको पुरस्कार दिएको हो । 

नेपालको हिमाली भेगमा हुने बहुपतिप्रथाको कथामा आधारित यो स्क्रिप्टमाथि फिल्म बनाउन टर्की, सिङ्गापुर, नर्वेसहित आठ देशका निर्माताले सहकार्य गर्नेछन् । यसअघि पनि यो फिल्मको स्क्रिप्टले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार जितिसकेको  छ ।

कोरोनाकाे कारण अहिले यो फिल्मको सुटिङ रोकिएको र अवस्था सामान्य भएपछि सुटिङ थाल्ने निर्देशक मीन भामले बताए ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया