नेप्से : सुरुमा उछाल,  कारोबार बन्द हुँदा १४ अङ्कको गिरावट

 साउन ५, २०७७ सोमबार १७:५३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दुई पटकसम्म सकारात्मक सर्किट ब्रेक लागेको शेयर बजार परिसूचक नेप्से अन्तिममा ओरालो लागेर कारोबार बन्द भएको छ ।

बजार खुलेको दुई मिनेटभित्रै चार प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । २० मिनेटपछि खुलेको बजार फेरि बढ्न थालेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको थियो । त्यसपछि खुलेको शेयर बजार भने घटेको छ ।

कारोबार सकिँदासम्म नेप्से  १४ दशमलव शून्य नाै अङ्कले घटेर  १४ सय ६४ दशमलव ९४ बिन्दुमा झरेको छ ।

साेमबार बैंक, विकास बैंक, फाइनान्स र म्युचल फण्ड समूहबाहेक अरु समूहको शेयर घटेको छ । जीवन बीमा समूहको शेयर एक सय ८८ अङ्कले, उत्पादन समूहको शेयर एक सय २७ अङ्कले र होटल समूहको शेयर ६६ अङ्कले घटेको छ । साेमबार दुई अर्ब ८० करोड रुपैयाँ बराबरका ७० लाख एक हजार कित्ता शेयर किनबेच भएका छन् ।

युनाइटेड फाइनान्स, स्पर्स लघुवित्त वित्तीय संस्था र एनआईसी एसिया लघुवित्तका शेयरधनीले नाै प्रतिशतभन्दा धेरेका दरले कमाएका छन् । मञ्जुश्री फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले भने ९ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया