धादिङमा अवरुद्ध सडक अझै खुलेन, अरु केही ठाउँमा पनि सडक अवरुद्ध

 साउन ८, २०७७ बिहीबार ९:३१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लगातारको वर्षाका कारण अवरुद्ध केही सडकखण्ड अझै सञ्चालनमा आउन सकेका छैनन् । 

पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिङ सडकखण्ड अझै अवरुद्ध नै छ । धादिङको मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि अवरुद्ध यो सडकखण्ड अझै सञ्चालनमा आउन नसकेको सडक विभागले जनाएको छ । 

अप्ठ्यारो ठाउँमा रहेको पुलको आधा भाग नै खोलाले बगाएकाले डाइभर्सनको लागि पनि समस्या भएको धादिङ प्रहरीले जनाएको छ । अहिले मुग्लिङ भएर धादिङ हुँदै काठमाण्डौ चल्ने कुनै पनि गाडी यो खण्डमा चलेका छैनन् । यात्रुलाई पैदल हिँड्नसमेत समस्या भएको छ । अहिले स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तथा प्रहरीको समन्वयमा सडक मर्मतको काम थालिएको भए पनि आज दिनभर नै खुल्ने संभावना नरहेको धादिङ प्रहरीले जनाएको छ । 

यस्तै पहिरोका कारण अवरुद्ध बेनी-जोमसोम-कोरोला सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड अवरुद्ध भएको हो । खुलाउन समय लाग्ने सडक विभागले जनाएको छ । 

यस्तै लामो समयदेखि अवरुद्ध अरनिको राजमार्ग अन्तर्गतका विभिन्न सडकखण्ड पनि अझै सञ्चालनमा आएका छैनन । यो सडकखण्डको जबमु, झ्याले, डाकलांगलगायतका ठाउँमा सडक भासिँदा तथा पुल बगाएकाले सञ्चालन हुन नसकेको हो । 

साँफेबगर मार्तडी सडकखण्ड पनि बन्द नै छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न पनि समय लाग्ने विभागले जनाएको छ । यस्तै कान्ति लोकपथ पनि अझै सञ्चालनमा आएको छैन ।

 पहिरोका कारण अवरुद्ध यो सडकखण्ड  सञ्चालनमा आउन पनि समय लाग्ने भएको छ । यस्तै बेशी शहर चामे सडकखण्ड पनि अवरुद्ध छ । घोप्टेखोला, रामबजार र च्याम्चेमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो । 

कुन सडकको अवस्था कस्तो छ, यहाँ हेर्नुहोस् । 
 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया