पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी चल्ने सम्भावना : स...
चैत ३, २०८१ आइतबार
जाजरकोट – भेरी नगरपालिका–३, ठाँटी बजारमा आइतबार बिहान गएको पहिरोमा परि आठ जनाको ज्यान गएको छ ।
पहिरोले तिर्थबहादुर बोहोराको घर र गोपाल सुनुवारको घर पुर्दा आठ जनाको ज्यान गएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले जानकारी दिनुभएको छ । सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार तिर्थराज बोहराको घरमा भाडा गरी बस्ने लालबहादुर लोहारका श्रीमती र तीन छोरीको घटनास्थलमा नै ज्यान गएको छ ।
लालबहादुर लोहार भने सामान्य घाइते हुनुभएको छ । उहाँकी श्रीमती सितली लोहार, छोरीहरु १० वर्षकी रञ्जना लोहार, सात वर्षकी मनिषा लोहार र तीन वर्षकी भगवती लोहारको ज्यान गएको छ । तिर्थराज बोहराकी आठ वर्षीय छोरी नन्मा बोहराको पनि घटनास्थलमा ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिनुभयो ।
त्यस्तै गोपाल सुनुवारको घरमा भाडा गरी बस्ने माया परियारका दुई भाइहरुको पनि घटनास्थलमा नै ज्यान गएको छ । माया परिवारका भाइ दशरथ परियारको शव फेला परेको छ भने अर्का भाइको शव अझै फेला नपरेको सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिनुभयो । त्यस्तै गोपाल सुनुवारको घरमा खेल्न आएका दुई बालक १३ वर्षका नरेन्द्र परियार र १० वर्षका नविन परियारको पनि घटनास्थलमा ज्यान गएको उहाँले जानकारी दिनुभयाे ।
शवहरुको पोष्टमार्टमा लागि अस्पताल लगिएको छ । अहिले वर्षा रोकिएकाले पहिरा पनि रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिनुभयो । खतिवडाका अनुसार पहिरोले त्यहाँको बस्ती नै जोखिममा पारेकोले त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नका लागि भेरी नगरपालिकामा कार्यपालिकाको बैठक बसिरहेको छ ।
फेरि पानी परे त्यहाँको बस्ती पनि पहिरोमा पर्ने भएकाले त्यहाँको बस्ती स्थानान्तरणको लागि पहल भैरहेको उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।