लकडाउन खुलेपछिको काठमाण्डाै (फाेटाे फिचर)

 साउन १०, २०७७ शनिबार १२:५४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लकडाउन खुलेसँगै काठमाण्डाैमा चहलपहल बढेकाे छ ।  

लामाे समयसम्म निदाएकाे बिरामी एकाएक निकाे भएर बिउँझेजस्तै तङ्ग्रिएकाे छ काठमाण्डाै पनि । 

साउन ६ गतेबाट लकडाउन खुला भएसँगै  काठमाण्डाैमा मानिसकाे चहलपहल बढेकाे हाे । सार्वजनिक यातायातकाे सञ्चालनसँगै हाेटेल पसलहरु पनि खुला भएपछि असन, न्यूराेड, ठमेल लगायतका क्षेत्रमा भिडभाड बढेको छ ।

लकडाउन सुरु भएसँगै हराएकाे चहलपहल यी क्षेत्रमा फेरि देखिन थालेकाे छ । लामाे समयपछि पसल खाेल्न पाउँदा व्यापारी खुशी देखिन्छन् भने सामान खरिद गर्न पाएकाेमा उपभाेक्ताहरु पनि रमाइरहेका छन् ।

तर कतिपयले मास्क नलगाएरै बाटाेमा हिँड्दा, दूरी कायम नगर्दा काेराेना सङ्क्रमणकाे जाेखिम भने बढ्ने देखिन्छ ।

नेपाल सरकारले चैत ११ गतेदेखि  लागू भएकाे लकडाउन असार १ देखि  केही खुकुलाे पारेकाे थियाे । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • प्रभुराम अधिकारी

    July 25, 2020, 1:26 p.m.

    सामजिक दुरी कायम गर्ने गराउने भनेर सरकारले भन्दा पनि यातायात व्यवसायीले कतै कतै मान्छे उठाएर कोचाकोच गरेर लगेको देख्दा नियम नमान्ने लाई दण्डहिनता मौलाएको हो कि झै आभास भयो ।प्रसासन लाई येस्तो अवस्थामा जानकारी गराउने र नियम नमान्ने लाई कारवाही गराउन को लागि अनलाइन , SMS वा फोन मार्फत रिपोर्ट गर्ने सहज प्रणाली को विकास होस।

  •  0 Reply

तपाईको प्रतिक्रिया