अगष्ट १ देखि व्यवसायिक उडानहरु खोल्दै कुवेत, बिदामा घर आएका नेपाली पनि जान पाउने

 साउन १४, २०७७ बुधबार १८:२९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतले कोरोनाको कारण बन्द रहेको व्यवसायिक उडानहरु झण्डै ६ महिनापछि खोल्ने भएको छ ।

कुवेतले अगष्ट १ अर्थात साउन १७ गतेदेखि बन्द रहेको व्यवसायिक उडानहरु खोल्ने निर्णय गरेको हो । कुवेत प्रवेश गर्ने र बाहिरिने यात्रुसँग अनिवार्य रुपमा कोरोना नेगेटिभ भएको रिपोर्ट हुनु पर्नेछ । कुवेतले तीन चरणमा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको हो ।

पहिलो चरणमा दिनमा १० हजार यात्रु र एक सय उडान नबढ्ने गरी व्यवसायिक उडानहरु हुनेछन् । यो योजना आउँदो ६ महिनासम्म लागू हुनेछ । कुवेतमा विस्तारै काम पनि सुरु हुन थालेको र व्यवसायिक उडान पनि खुल्ने भएपछि कोरोनाको कारण समस्यामा परेका नेपाली श्रमिकलाई पनि आवतजावतमा सजिलो हुने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताउनुभएको छ ।

कुवेतले व्यवसायिक उडान खोलेसँगै बिदामा नेपाल आएर र कोरोनाको कारण फर्कन नपाएकाहरु पनि कुवेत रोजगारीका लागि जान सक्नेछन् । यस्तै कुवेत लकडाउन खुकुलो गर्दै तेस्रो चरणमा प्रवेश गरेको छ । कर्फ्यु खुकुलो भएको छ भने ट्याक्सीहरु पनि चल्न थालेका छन् ।

कुवेतमा बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म मलहरु खुल्नेछन् । यो चरणमा सरकारी र निजी क्षेत्रहरु ५० प्रतिशत जनशक्तिका साथ सञ्चालन हुन पाउनेछ्न् । होटल रिर्सोट लगायतका क्षेत्र पनि खुलेका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया