प्रचण्डका भाषणको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक

 साउन १५, २०७७ बिहिबार १४:५०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान सभा र व्यवस्थापिका संसदमा व्यक्त गर्नुभएको विचारहरुकाे सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ ।

पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधान सभा र व्यवस्थापिका संसदमा अध्यक्ष प्रचण्डले व्यक्त गर्नुभएका विचारहरु विभिन्न ४२ शीर्षकमा समेटिएका छन् ।

पुस्तकमा संसदीय राजनीतिबाट सशस्त्र युद्धमा लैजान सक्ने, सशस्त्र युद्धलाई शान्तिपूर्ण रुपान्तरण गराउन सक्ने, सशस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलनलाई संयोजन गराउन सक्ने, जनयुद्ध र जनआन्दोलनले उठाएका सङ्घीयता, गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षता जस्ता मुद्दालाई संस्थागत गर्न प्रचण्डले खेलेको भूमिकालाई पनि महत्त्व दिइएको छ ।

राजतन्त्र हटाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण र त्यो संविधान अन्तर्गत रहेर पालिका, प्रादेशिक र सङ्घीय चुनाव गराउन भएका परिघटना र सङ्घर्षलाई याे पुस्तकले उजागर गरेको छ ।

सत्तामा रहँदा प्रतिपक्षलाई सँगै लिएर हिँड्न सक्ने, प्रतिपक्षमा रहँदा सत्ता पक्षसँग मिल्न सक्ने लचकदार र समय र परिस्थितिको तत्काल बोध गर्न सक्ने नेताको रुपमा खेलिएको भूमिका पुस्तकमा पाइन्छ ।

विभिन्न राजनीतिक शक्तिबीच भएका सङ्घर्ष, पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्ने वर्ग, संस्कृति र विचारसँगको टकराव एवं रुपान्तरणका अनेक प्रयास यसमा अभिलिखित छन् ।

प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको यस पुस्तकमा तीन सय ८५ पृष्ठ रहेका छन् भने यसको मूल्य  पाँच सय रुपैयाँ रहेको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया