काठमाण्डौ छिर्ने नाकामा थप कडाइ हुने सङ्केत

 साउन १५, २०७७ बिहीबार १६:१३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले काठमाण्डौ प्रवेश गर्ने नाकामा थप कडाइ गर्ने सङ्केत गरेको छ । काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमित बढ्दै गएपछि सरकारले नाकामा थप कडाइ गर्ने सङ्केत गरेको हो । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न भएको कार्यक्रममा अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले काठमाण्डौमा संक्रमित थपिँदै गएको र घना बस्तीमा थप जोखिम रहेकाले नाकामा थप कडाइ हुने बताउनुभयो । यसको लागि सुरक्षा निकायले योजना बनाउने उहाँको भनाइ छ । 

यस्तै देशैभरि कोरोनाको जोखिम बढ्दै गएकोमा सरकार थप चिन्तित भएको र नागरिकले थप सतर्कता अपनाउनुपर्ने खतिवडाले बताउनुभयो । 

‘कोरोनाको जोखिम हटेको नभइ कोरोनासँग बच्दै जनजीवन सामान्य बनाउनको लागि लकडाउन हटाइएको हो, कोरोना रोक्न सरकार मात्रै जिम्मेवार नभइ नागरिकको जिम्मेवारी झन् ठूलो छ, स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गर्नै पर्छ’, खतिवडाले भन्नुभयो ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ramesh

    July 30, 2020, 4:24 p.m.

    कडाईका साथ नै छैन । हुनु पर्ने त हो। म पनि अस्ति गयेर आज फर्के ।बहाना बनाइ दियेको छोडी दियो।

  •  0 Reply

तपाईको प्रतिक्रिया