मलेसियामा सुरक्षा गार्ड कुटिएको भिडियो जलन मदरसाको भएको पुष्टि, प्रहरीले थाल्यो अनुसन्धान

 साउन १७, २०७७ शनिबार ९:५०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियामा एक जना सुरक्षा गार्डलाई कुटेको भिडियो सार्वजनिक भएपछि मलेसियन प्रहरीले यसबारे अनुसन्धान थालेको छ ।

अनुसन्धानमा खटिएका वाङसा मजुका प्रहरी अधिकारी राजब अहमदले घटना जलन मदरसाको पार्किङ स्थलमा भएको बताउनुभएको छ । राजब अहमदको भनाईलाई उदृत गर्दै स्थानीय पत्रिका ‘द स्टार’ले जनाए अनुसार एक पाकिस्तानी नागरिकले नेपाली सुरक्षा गार्डलाई लठ्ठीले पिटेको हो ।

‘हामीलाई विश्वास छ कि पिट्ने मान्छे पाकिस्तानी नागरिक हो भने कुटाइ खाने मान्छे त्यही भवनमा सुरक्षा गार्डको काम गर्ने नेपाली नागरिक हो’, राजब अहमदले भन्नुभएको छ ।

प्रहरीले घटनाको अनुसन्धान र घटनाको कारण पत्ता लगाउन लागिपरेको अहमदले बताउनुभयो । कसैलाई यो घटनाको बारेमा थाहा भएमा आफूहरुलाई जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

घटनाको बारेमा जानकारी भएकाहरुलाई प्रहरी अधिकारीहरु स्टेफन जोनसेनको फोन नम्बर ०१६३७६७३९० र सारुल अजुन सारोमको फोन नम्बर ०१६२०१४३३४ अर्थात क्वालालम्पुर प्रहरी हटलाइन नम्बर ०३२११५९९९९ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

हिजो शुक्रबार भिडयो सामाजिक सञ्जालमा आएपछि मलेसियामा रहेको नेपाली दूतावासले अनुसन्धानको लागि त्यहाँको प्रहरीमा उजुरी गरेको थियो । यस्तै यस विषयमा थप जानकारी भएमा दूतावासमा सम्पर्क गर्नसमेत दूतावासले आग्रह गरेको छ ।

मलेसियामा सुरक्षागार्डका रूपमा नेपाली नागरिक मात्र कार्यरत छन् । अन्य देशका नागरिक सुरक्षा गार्डको रुपमा काम गर्दैनन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Tulachan

    Aug. 1, 2020, 10:29 a.m.

    Malaysian authorities and Nepal embassy should investigate strongly abt this disgusting matter.

  •  0 Reply

तपाईको प्रतिक्रिया