टुटाउने र फुटाउनेलाई सबै मिलेर परास्त गर्नुपर्छ : प्रचण्ड

 साउन १७, २०७७ शनिबार १५:०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृत्तिकाे ढाकछोप गर्न नसकिने बताउनुभएको छ ।

कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवशरमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले गलत विचार र प्रवृत्तिहरुको ढाकछोप नगरी फर्छ्याैट गर्नुपर्ने बताउनुभयो । कुनै पनि बहानामा पार्टी विभाजन हुनुहुँदै भन्ने नागरिकको चाहाना नेतृत्वले बुझेको भन्दै उहाँले समाचारमा आएजस्तो पद प्राप्तीका लागि पार्टीभित्र कुनै विवाद नरहेको बताउनुभयो ।

उहाँले विधि र पद्धतीको पालना कसरी गराउने भन्ने विषयमा छलफल केन्द्रित रहेको भन्दै अहिलेको बहसले पार्टीको एकतालाई अझ माथिल्लो स्तरमा लग्दै सुदृढ गर्ने बताउनुभयो । पार्टी एकता टुटाउने फुटाउने प्रवृत्तिलाई सबै मिलेर परास्त गर्नुपर्ने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया