ओली र प्रचण्डबीच छलफल चल्दै, खनाल पनि उपस्थित

 साउन १८, २०७७ आइतबार १०:३८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहेको छ । 

बालुवाटारमा दुई अध्यक्षसहित वरिष्ठ नेता झलनाथ खनाल पनि छलफलमा जुट्नुभएको हो । 

यसअघि गएको मंगलबार प्रचण्ड र माधवकुमार नेपाल समूहको भेलाले ओलीसँग छलफल गरेर स्थायी कमिटी बैठक बोलाउने जिम्मा प्रचण्डलाई दिएको थियो । 

त्यो दिन बोलाइएको स्थायी कमिटीको बैठक अध्यक्ष ओलीले स्थगित गरेपछि प्रचण्ड-नेपाल समूहका नेताहरुले बालुवाटारमै छुट्टै भेला गरेका थिए । 

नेकपामा विवाद बढ्दै गएपछि दुई अध्यक्षबीचको भेटवार्ता पनि पातलिँदै गएको छ ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया