किन छोड्दैछिन् प्रियंकाले एक–से–एक बलिउड फिल्म ?

 साउन २१, २०७५ सोमबार १३:५४:५९ | एजेन्सी
unn.prixa.net

प्रियंका चोपडा आजभोलि निकै चर्चामा छन् ।  आफूभन्दा झण्डै १० वर्ष कान्छा प्रेमी निक जोनाससँगका सम्बन्धका कारण उनको चर्चा भैरहेको छ  । त्यस्तै बलिउडमा लगातार फिल्म छाड्नाले उनी हेडलाइनमा छाइरहेकी छिन् ।

सलमान खानसँग ‘भारत’मा अनुबन्धित उनले फिल्मबाट अन्तिम समयमा आएर हात झिकेको खबर सेलाउन नपाउँदै उनले सञ्जय लीला भन्सालीको फिल्म समेत छाडेकी छिन् । 

महिला ग्याङ्गस्टरमा आधारित फिल्म ‘गंगुबाई कोठेवाली’को भन्साली निर्देशन गर्ने तयारीमा रहेका छन् र जसका लागि मुख्य अभिनेत्रीका रुपमा उनको प्रियंकासँग कुरा गरेका थिए । प्रियंकाले त्यस रोलका लागि ग्रिन सिग्नल दिएपछि फिल्मको सुट्टिङ्गका लागि अन्तिम तयारीमा  रहेका उनी अहिले प्रियंकाले फिल्मका लागि समय नभएको भने पछि अन्यौलमा परेका छन् । 

प्रियंकाले यसरी लगातार बलिउड फिल्महरु छाड्नाका पछाडि उनको निकसँग छिट्टै हुन लागेको विवाहलाई मानिएको छ भने अर्कोतर्फ हलिउडमा समेत उनलाई केही आर्कषक अफरहरु आइरहेकोले उनले बलिउड फिल्मलाई समय नदिएको हुनसक्छ भन्ने रहेको छ । हालै उनले एक हलिउड प्रोजेक्ट ‘काउ ब्वाय निन्जा भाइकिङ्ग’मा काम गर्ने पक्का भएको छ ।

अहिले सिंगापुरमा प्रेमी निक जोनसको कन्सर्टमा रमाइरहेकी प्रियंकाले बलिउडमा भने सोनाली बोस निर्देशित ‘द स्काई इज पिंक’मा  फरहान अख्तरसँग अभिनय गर्ने लगभग पक्का भइसकेको छ । कन्ट्रयाक्ट साइन गरिसकेपछि फिल्म छाड्ने उनी यो फिल्म पनि पूरा गर्छिन वा गर्दिनन् हेर्न बाँकी छ ।
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया