जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा अत्यावश्यक बाहेकका सेवा बन्द हुने

 साउन २३, २०७७ शुक्रबार १६:१५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले शुक्रबार विज्ञप्तिमार्फत साउन २५ गतेदेखि भदौको ८ गतेसम्म अत्यावश्यक बाहेकका अरु सबै सेवा बन्द गर्ने निर्णय भएको जनाएको छ ।

नागरिकलाई सामाजिक दुरी कायम राख्न, स्यानिटाइजर प्रयोग गर्न, भिडभाड नगर्न अनुरोध गर्दा पनि अटेर गरेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अब नयाँ नागरिकता र प्रतिलिपि वितरण, संस्था दर्ता र नवीकरण, हातहतियार दर्ता र नवीकरण, राहदानी वितरणलगायतका सेवा बन्द भएका छन् । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया