देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना, लगातार झरी भने नपर्ने

 साउन २५, २०७७ आइतबार १६:५६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । मौसमविद्का अनुसार अहिले काठमाण्डौ उपत्यकाको उत्तरी क्षेत्रमा पानी परिरहेको छ भने दक्षिणतर्फ पानी पार्ने बादल बनेको छ ।

केही बेरमा धेरै ठाउँमा पानी पर्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार देशका धेरै ठाउँमा छोटो समयमा ठूलो वर्षाको सम्भावना छ । तर लगातारको झरी भने नपर्ने उहाँले बताउनुभयो ।

मनसुन सक्रिय रहेकाले अझै केही दिन देशभरको मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । छोटो समयमा ठूलो वर्षाको सम्भावना रहेकाले बाढी पहिरो र डुबानको खतरा रहेकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया