वीरगञ्जमा थप एक कोरोना सङ्क्रमितको ज्यान गयो

 भदौ ३, २०७७ बुधबार २०:४६:२८ | केसी लामिछाने
unn.prixa.net

वीरगञ्ज – कोराना भाइरसको सङ्क्रमणका कारण  बुधबार वीरगञ्जमा ४० वर्षीया महिलाको ज्यान गएको छ । अस्थायी कोरोना अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचाररत महिलाको बुधबार दिउँसो ज्यान गएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्जको रेशमकोठी बस्ने ४० वर्षीया महिलाको बुधबार दिउँसो सवा ४ बजे ज्यान गएको हो । चार दिनदेखि स्वास्थ्यमा समस्या आएको कारण उहाँको एक निजी अस्पतालमा उपचार भइरहेको थियो । मङ्गलबार उहाँको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उहाँलाई अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो ।

ज्यान गुमाउनुभएकी महिलामा अत्यधिक मात्रामा चिनी रोगको समस्या र निमोनिया पनि देखिएको चिकित्सकहरुले बताएका छन् ।

यसअघि पर्सामा बुधबार बिहान मात्रै काेराेना सङ्क्रमणबाट दुई जनाले ज्यान गुमाएको पुष्टि भएको थियो ।

यस्तै पर्सामा बुधबार कोरोनामुक्त भएर १५ जना घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार बुधबार विभिन्न उमेर समूहका १५ जना काेराेना सङ्क्रमण निको भए घर फर्केका हुन् । पर्सामा कोरोना सङ्क्रमितहरुको सङ्ख्या १६ सय नाघेकाे छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया