निषेधाज्ञाको समयमा खाद्यान्नसहितका पसल बिहान ७ बजेसम्म मात्रै खुल्ने

 भदौ ४, २०७७ बिहीबार ८:७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - निषेधाज्ञाको समयमा खाद्यान्नसहितका पसल बिहान ७ बजेसम्म मात्रै खुल्न पाउने भएका छन् । 

खाद्यवस्तुु, तरकारी, फलफुल, दूधका पसल तथा व्यवसाय बिहान ७ बजेसम्म मात्रै खोल्न पाइने भएको हो । अत्यावश्यक सेवाभित्रै पर्ने भए पनि खाद्यान्नका पसल, तरकारी, फलफुल तथा दूध डेरी दिनैभरि खुलाउँदा भिडभाड बढ्ने र कोरोना सङ्क्रमणको जोखिम हुने भएकाले बिहान ७ बजेसम्म मात्रै खुलाउन भनिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।
 
यसअघि हिजो जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारी गरेको सूचनामा निषेधाज्ञाको समयमा खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा सञ्चालन गर्न पाइने उल्लेख छ ।

त्यस्तै मासुजन्य पदार्थ, दाना र भेटेरिनरी, बैंक, बीमा, खानेपानी, ग्यास, पेट्रोलियम पदार्थ लगायतका सेवा पनि सञ्चालन हुने भनिएको छ । बैंकिङ सेवाका लागि सकेसम्म भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन र सम्भव नभएमा न्यूनतम कर्मचारी राखेर सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकले एटीएम बुथमा पर्याप्त नगद राख्न र ग्राहकलाई विद्युतीय कारोबारको व्यवस्था मिलाउन निर्देशन दिएको छ । यस्तै अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट, टीटी, प्रतितपत्र, ग्यारेन्टीलगायतका कारोबार सञ्चालन हुने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले भनेको छ । 

खुल्ने शाखाको विवरण तथा सम्बन्धित व्यक्तिको नाम वेबसाइटमा राख्न र शाखाको मूल ढोकामा खुल्ने वैकल्पिक शाखाको विवरण टाँस गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा गए रातिदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा लागू भएको छ ।

निषेधाज्ञामा कडाइ, अत्यावश्यक कामबाहेक हिँड्नेलाई रोक


 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया