काठमाण्डौ उपत्यका सुनसान, दुई सय १२ वटा गाडी होल्डमा

 भदौ ५, २०७७ शुक्रबार ८:२५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निषेधाज्ञाको दोस्राे दिन आज पनि काठमाण्डौ उपत्यका सुनसान छ । तीज पर्वको कारण आज धेरै भिडभाड हुने शिवालय लगायतका ठाउँ समेत सुनसान बनेका छन् भने सडकमा पनि अत्यावश्यकका केही बाहेक अरु गाडी चलेका छैनन् ।

दैनिक उपभोग्य सामानकाे किनबेच हुने किराना, फलफुल तरकारी तथा मासु पसल, डेरी लगायतका केही व्यवसाय खुलेको भए पनि मानिसको आवातजावात निकै कम छ । काठमाण्डौ उपत्यकामा आज बिहानै साढे सात बजेसम्म अत्यावश्यक काम बाहेक चलाइएका दुई सय १२ वटा सवारी साधनलाई होल्ड गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

होल्ड गरिएका सवारी साधनमा एक सय ७७ मोटरसाइकल तथा स्कुटर र ३५ वटा चारपाङ्ग्रे गाडी रहेको ट्राफिक प्रहरी प्रवक्ता एसपी बामदेव गौतमले जानकारी दिनुभयो । यसैबीच अहिलेसम्म विभिन्न ४३ वटा जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

कोरोना सङ्क्रमण धेरै भएका ठाउँमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले कतै निश्चित क्षेत्र तथा कतै पुरै जिल्लामा निशेधाज्ञा जारी गरेका छन् । निषेधाज्ञामा अत्यावश्यक बाहेक हिँडडुल गर्न, बजार पसल खोल्न तथा सवारी साधन चलाउन रोक लगाइन्छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया