प्रियंकाले ‘भारत’ छाडेपछि के भने सलमानले ?

 साउन २२, २०७५ मंगलबार १५:३७:४ | एजेन्सी
unn.prixa.net

प्रियंका चोपडाले सलमान खानको फिल्म ‘भारत’ छाडेपछि अनेक अड्कलबाजी लगाइएको छ । कतिले प्रियंकाले आफ्ना प्रेमी निक जोनससँगको इन्गेजमेन्टका लागि फिल्म छाडेको बताइरहेका छन् । फिल्मका निर्देशक अली अब्बास जफरले ट्वीट गर्दै प्रेमीसँगको इन्गेजमेन्टका लागि नै उनले ‘भारत’ छोडेको बताएका छन् ।

प्रियंकाले फिल्म नखेलेपछि सलमानले फिल्ममा कटरीना कैफलाई अनुबन्ध गरेका छन् । सोमबार सलमानले आफ्ना ज्वाईँ आयुष शर्माको डेब्यू फिल्म ‘लवरात्रि’ को ट्रेलर लन्चमा एउटा ठूलो मिडिया जमघटको आयोजना गरेका थिए । 

ट्रेलर  लन्च हुनुभन्दा पहिले सलमानले प्रियंकाले आफ्नो फिल्म छाडेको बारेमा पहिलो पटक बोले । उनले भने, ‘म त्यसका लागि निकै खुशी छु । तर हामीले यो थाहा पायौँ कि उनले उतै ठूलो फिल्ममा साइन गरेकी छिन् रे । अलि पहिले नै थाहा भएको भए राम्रो हुन्थ्यो । हामीले त शुटिङको १० दिन अगाडि मात्रै थाहा पायौँ । मेरो शुटिङ सुरु भैसकेको थियो । तर उनको शेड्युलभन्दा १० दिन पहिले चलचित्र छाड्न चाहेको बताइन् । मैले यदि त्यस्तै हो भने ठिकै छ नि त भने । त्यतिबेला उनले अर्कै कारण बताएकी थिइन् ।’

सलमान खान भन्छन्, ‘जेसुकै कारण होस् विवाह वा फिल्म । यो उनको फैसला हो । म उनीसँगै छु र उनले राम्रो गरेको हेर्न चाहन्छु । यदि उनले यहाँ काम गर्दिनन् भने पनि त भारतकै शीर उचो बनाउने काम त गरिरहेकी छिन् नि । सलमान खानसँग काम नगरेर के भयो त उनले कुनै ठूलो अभिनेतासँग काम गरिरहेकी छिन् ।’

‘लवरात्रि’को ट्रेलर लन्चको कार्यक्रममा पत्रकारले प्रियंकाका बारेमा सलमान खानसँग प्रश्न गरेका थिए । सलमानले आजभोलि आफू निकै नै व्यस्त भएको र अखबारहरु नपढेको बताए । उनले पत्रकार सम्मेलन ‘भारत’ र प्रिंयकाका बारेमा नभएको बताउँदै ‘लवरात्रि’ का बारेमा मात्रै सोध्न पत्रकारहरुलाई आग्रह गरे ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया