काठमाण्डाै उपत्यकामा २१६ जना सङ्क्रमित थपिए

 भदौ ६, २०७७ शनिबार १६:३५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ उपत्यकामा आज २१६ जना सङ्क्रमित थपिएका छन् । नियमित प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डौमा १६०, भक्तपुरमा ५० र ललितपुरमा ६ जना सङ्क्रमित थपिएका जानकारी दिनुभयो ।

यस्तै गएको २४ घण्टामा १३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ । यस्तै आज १२ हजार ५ सय १९ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै अहिले देशभर ११ हजार ६ सय ५८ जना क्वरेण्टीनमा छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया