आज काठमाण्डौका यी ठाउँमा बिजुली काटिने

 भदौ १०, २०७७ बुधबार ७:३५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौका विभिन्न ठाउँमा आज विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणको कुलेश्वर वितरण केन्द्र अन्तर्गतका विभिन्न ठाउँमा रुखका हाँगा कटान गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणका अनुसार आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् कटौती हुने भएको छ ।

प्राधिकरणका अनुसार सोल्टी दोबाटो, सिभिल होम्स, टौखेल, सीतापाइला, इचङ्गुनारायण, पद्मा कोलेनी, भीमढुङ्गा, नर्सरी भञ्ज्याङ, छत्रे देउराली लगायत ठाउँमा विद्युत् कटौती हुने सूचना अधिकारी लिलाकुमारी अर्यालले जानकारी दिनुभयो ।

प्राधिकरणले समय अगावै काम सकिए लाइन सञ्चालनमा आउने जनाएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया