काठमाण्डौ उपत्यकामा कोरोनाका सङ्क्रमित रहेका शङ्कास्पद क्षेत्रमा स्वाब परीक्षण तीव्र

 भदौ १०, २०७७ बुधबार ८:२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौमा कोरोना सङ्क्रमणको शङ्कास्पद क्षेत्रमा स्वाब परीक्षणलाई थप बढाइएको छ । वडातहमै पुगेर सङ्क्रमितको पहिचान, स्वाव सङ्कलन र परीक्षण बढाएको काठमाण्डौ उपत्यका नगरपालिका फोरमले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा झण्डै तीन हजार व्यक्तिमा कोरोना सङक्रमण पुष्टि भैसकेको छ । तीमध्ये १ हजार २ सय जना उपचारपछि निको भएर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाण्डौ उपत्यकासहित केही जिल्लामा महामारीकै रूपमा सङ्क्रमण फैलिएको जनाएको छ ।

साउनमा लकडाउन हटेपछि काठमाण्डौमा सङक्रमण दिनहुँ बढ्दै गएको छ । अब पनि सङ्क्रमण रोक्न सकिएन भने स्थिति जटिल हुन सक्ने फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताउनुभयो । उहाँले फैलिँदै गरेको सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न लागिपरेको समेत बताउनुभयो ।

भक्तपुरको मध्यपुर ठिमीका प्रमुख समेत रहनुभएका श्रेष्ठका अनुसार आजदेखि मध्यपुर ठिमीमा तथ्याङ्क सङ्कलन र विश्लेषणको काम सुरु हुँदैछ । दुई ‘हटस्पट’ छानेर पाँचसय जनाको स्वाब सङकलन गरी समुदायमा कोरोना सङक्रमण फैलिएको छ या छैन पत्ता लगाउने पनि उहाँले बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार महानगरको १५ वटा वडाबाट कन्ट्याक ट्रेसिङको काम थालिएको छ । शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गर्ने र उनीहरूलाई राख्ने आइसोलेशनको व्यवस्थापन गर्न लागिपरेको महानगरपाकिकाका प्रवक्ता डङ्गोलले बताउनुभयो ।

अन्तिम अपडेट: भदौ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया