निषेधाज्ञाको एक हप्तामा काठमाण्डौ उपत्यकामा ८ हजार १ सय बढी गाडी होल्ड

 भदौ १०, २०७७ बुधबार ९:३१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निषेधाज्ञाको एक हप्तामा काठमाण्डौ उपत्यकामा ८ हजार १ सय बढी गाडी होल्ड भएका छन् ।

गएको बिहीबारदेखि आज बिहानसम्म ८ हजार १ सय ९१ गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । तीमध्ये ६ हजार ५ सय ४७ दुई पाङग्रे गाडी रहेका छन् ।

चारपाङग्रे १६ सय ४४ वटा होल्ड भएका छन् । आज बिहानै निषेधाज्ञाको उलङ्घन गर्ने १ सय ६६ वटा गाडीलाई होल्ड गरिएको महाशाखाले जनाएको छ । काठमाण्डौमा गएको बुधबार रातिदेखि आज रातिसम्म निषेधाज्ञा लागू गरिएको छ ।

अन्तिम अपडेट: भदौ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया