अमेरिकामा अश्वेत पुरुषको समर्थनमा भइरहेको प्रदर्शन चर्किँदै, दुई जनाको ज्यान गयो

 भदौ १०, २०७७ बुधबार १९:३८:१९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको केनोशा सहरमा प्रहरीको गोली लागेर घाइते भएका अश्वेत पुरुषको समर्थनमा भइरहेको प्रदर्शनको क्रममा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । 

प्रदर्शनकारीकै क्रममा एक व्यक्ति भिडमा पसेर अन्धाधुन्ध फायरिङ सुरु गरेपछि प्रहरीको तर्फबाट भएको फायरिङमा दुई जनाको ज्यान गएको हो । प्रहरीले भिडमा फायरिङ गर्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ ।  

विस्कन्सिन राज्यको केनोशा सहरमा गएको आइतबार दुई प्रहरी अधिकारीले २९ वर्षीय पुरुष ज्याकब ब्लेकलाई उनकै तीन बच्चाको अघि पटक–पटक गोली प्रहार गरेका थिए । त्यसपछि उनी अस्पतालमा भर्ना भएका छन् । प्रहरीले ब्लेकलाई किन गोली प्रहार गरेको भन्नेबारेमा अझै खुलाइएको छैन । 

यसैबीच एक व्यक्ति प्रदर्शनकारीको बीचमा पसेर फायरिङ गरिरहेको एक भिडियो भाइरल भइरहेको छ ।  

ज्याकबको समर्थनमा र दोषी प्रहरी अधिकारीमाथि कारबाहीको माग गर्दै अमेरिकाको कैयौँ शहरमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकै क्रममा कैयौँ व्यापारिक प्रतिष्ठान र गाडीमा आगजनी भएको छ । 
विस्कन्सिन राज्यका गभर्नर टोनी एभर्सले आपत्कालको घोषणा गर्नुभएको छ । 

केही महिना अघिमात्र अमेरिकाको मिनियापोलिसमा अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोइडको ज्यान गएपछि अश्वेत अमेरिकीमाथि प्रहरीको विभेदपूर्ण शैलीलाई लिएर अमेरिकाभर प्रदर्शन भएको थियो ।

 याे पनि पढ्नुहाेस्

प्रहरीले जर्ज फ्लोइडलाई नियन्त्रणमा लिने क्रममा घुँडाले लामो समयसम्म घाँटी थिच्दा उनको ज्यान गएको थियो । 

 याे पनि पढ्नुहाेस्

त्यो घटनापछि अमेरिकाभर 'ब्ल्याक लिभ्स म्याटर' अभियान नै चलाएर अश्वेत नागरिकमाथि भइरहेको दमनको विरोध हुँदै आएको छ ।  

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया