अमेरिका : जर्ज फ्लोएडकाे मृत्युपछि अश्वेत–श्वेतमा राजनीतिक सरगर्मी

 जेठ १७, २०७७ शनिबार १६:५:२३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाकाे मिनेपाेलिस शहरसमेत कैयाैँ ठाउँकाे सडकमा मानिसहरुकाे आक्राेश देखिएकाे छ । 

एक भिडियाे क्लिप भाइरल भएपछि मानिसहरुकाे आक्राेश देखिएकाे हाे, जन भिडियाेमा एक श्वेत प्रहरी अधिकारीले जर्ज फ्लोएड नाम गरेकाे एक निहत्था अश्वेत व्यक्तिकाे गर्धनमा घुँडा राखेर उसलाई दबाइएकाे देखिन्छ । त्यसकाे केही मिनेटपछि ४६ वर्षीय जर्ज फ्लोएडकाे मृत्यु भयाे । 

जर्ज उनकाे आसपास रहेका मानिसहरु उनलाई छाेडिदिन आग्रह गरिरहेकाे भिडियाेमा देख्न सकिन्छ । 

प्रहरी अधिकारीकाे घुँडामुनि दबिएका जर्जले पटक–पटक भनिरहेका थिए, 'प्लिज, आई कान्ट ब्रिथ (म सास फेर्न सकिरहेकाे छैन)' । यही उनकाे अन्तिम शब्द बन्याे । 

याे घटनाकाे जाँच चलिरहेकाे छ यद्यपि याेबारेमा पूरा जानकारी अहिलेसम्म प्राप्त भइसकेकाे छैन । जर्जकाे गर्धनमा घुँडा राख्ने प्रहरी अधिकारी डेरेक शाभिनलाई गिरफ्तार गरिएकाे छ र उनीमाथि हत्याकाे आराेप लगाइएकाे छ । 

त्याे भिडियाे सार्वजनिक भइसकेपछि धेरै मानिस आक्राेशित छन् । यही कारण मिनेसाेटा शहरसहित अमेरिकाकाे कैयाैँ इलाकामा विराेध प्रदर्शन भइरहेकाे छ । 

नेशनल एसाेसिएशन फर द एडवान्मेन्ट अफ् कलर्ड पिपलले एक बयान सार्वजनिक गर्दै भनेकाे छ, 'याे हरकत हाम्राे समाजमा अश्वेत मानिसविरुद्ध एक खतरनाक उदाहरण बनेकाे छ, जसले जातीय भेदभाव, जेनाेफाेबिया (विदेशी नागरिकलाई मन नपराउनु) र पूर्वाग्रहबाट प्रेरित छ ।'

बयानमा भनिएकाे छ, 'हामी अब अरु मर्न चाहँदैनाैँ ।'

याे घटनापछि अब अमेरिकामा जातीय हिंसाकाे इतिहासमाथि चर्चा सुरु भएकाे छ । अश्वेत मानिसविरुद्ध प्रहरीकाे ज्यादतीलाई लिएर मानिसहरुमा रिस बढिरहेकाे छ । 

प्रहरीमार्फत हुने हिंसामाथि नजर राख्ने वेबसाइट mappingpoliceviolence.org का अनुसार, ' सन् २०१३ देखि २०१९ बीच प्रहरीकाे हातबाट भएकाे ९९ प्रतिशत हत्या मामिलामा अधिकारीहरुमाथि कुनै आराेप लगाइएकाे छैन ।'

राष्ट्रपति डाेनाल्ड ट्रम्पले जर्ज फ्लोएडकाे परिवारलाई 'सान्त्वना' दिएका छन् । तर उनकाे टिप्पणीकाे कारण उनकाे कडा आलाेचना भइरहेकाे छ । उनले लेखे, 'जब लुट सुरु हुन्छ तब शूट गर्नु पनि जरुरी हुन्छ । यही कारण मिनेपाेलिसमा बुधबार राति एक जना व्यक्तिलाई गाेली हानिएकाे हाे ।' यद्यपि पछि ट्रम्पले यसप्रति सफाइ दिँदै याे बयान नभइ तथ्य भएकाे बताएका थिए । 

अमेरिकामा कुनै अश्वेत व्यक्तिले ज्यान गुमाएकाे याे पहिलाे घटना भने हाेइन । 

यसअघि फेब्रुअरी २३ मा कथित रुपमा हथियारधारी श्वेत व्यक्तिले २५ वर्षीय अहमद आर्बेरीकाे फलाे गरेर उनकाे गाेली प्रहार गरेर हत्या गरेका थिए । 

मार्च १३ मा कथित रुपमा ब्रेओना टेलरकाे घरमा एक श्वेत प्रहरी अधिकारीले उनकाे घरमा छापा मारेकाे समयमा उनकाे हत्या गरिएकाे थियाे । 

मिनेपाेलिसका मेयर जेकब फ्रेले एक ट्वीट गर्दै भनेका छन्, 'अमेरिकामा अश्वेत समुदाय हुनुकाे कारण मृत्युकाे सजाय समान हुनु हुँदैन ।'

अमेरिकामा सामाजिक सञ्जालमा #BlackLivesMatter र #JusticeforGeorgeFloyd ह्याशट्याग ट्रेन्डिङमा छ । 

सडकमा मानिसहरु जर्ज फ्लोएडकाे अन्तिम शब्द 'आई कान्ट ब्रिथ' उच्चारण गरिरहेका छन्, जाे एक मन्त्रजस्तै बनेकाे छ । 

घटना नयाँ तर पुरानाे मुद्दा

अमेरिकाका पूर्वराष्ट्रपति बराक ‌ओबामाले आफ्नाे बयानमा एक अधबैँसे अफ्रिकी–अमेरिकी व्यवसायीकाे कुरा दाेहाेर्‍याएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'मिनेसाेटामा जर्ज फ्लोएडसँग भएकाे घटना दुःखद भएकाे बताउन चाहन्छु । मैले त्याे भिडियाे देखेँ र म राेएँ । त्याे भिडियाेले मलाई एक किसिमले ताेडिदिएकाे छ ।' 

ओबामाले भने, '२०२० काे अमेरिकामा याे सामान्य हुनु हुँदैन । याे कसैकाे लागि लागि सामान्य हुन सक्दैन ।'

याे घटनाले अमेरिकी समाज र कानुनी एजेन्सीहरुमा जातीय भेदभावकाे गहिराे जडमा एक पटक फेरि चर्चा सुरु भएकाे छ । यसपछि अब प्रहरीकाे प्रहरीकाे व्यवहार, सङ्घीय सरकारकाे भूमिका र क्रिमिन जस्टिस सिस्टममाथि चर्चा भइरहेकाे छ । 

अमेरिकामा काेराेना भाइरसकाे कारण एक लाखभन्दा धेरैकाे ज्यान गएकाे र चार कराेडले राेजगारी गुमाइसकेकाे अवस्थामा याे घटना भएकाे हाे । काेराेना महामारीकाे कारण अमेरिकामा सबैभन्दा प्रभावित मानिसहरुमा अल्पसङ्ख्यक अश्वेत समुदायका मानिस पनि पर्छन् । 

लामाे समयदेखि अमेरिकामा प्रहरीकाे हातबाट हुने मृत्यु ठूलाे मुद्दाकाे रुपमा चलिरहेकाे छ । याे खास समुदायका मानिसविरुद्ध प्रहरीकाे बर्बरताकाे मुद्दामाथि सन् १९६६ मा ओकल्याण्डमा ब्ल्याक प्यान्थर पार्टी अस्तित्वमा आएकाे थियाे । 

माइकल ब्राउनकाे हत्यापछि याे अभियान अझ अघि बढ्याे र ब्ल्याक लाइभ म्याटर्स अस्तित्वमा आयाे । याे विराेध अभियानकाे उद्देश्य 'श्वेत प्रभुत्वलाई समाप्त गर्नु र अश्वेत मानिसकाे समुदायविरुद्ध हुने हिंसालाई हस्तक्षेप गर्नकाे लागि स्थानीयस्तरमा एकजुट हुनु थियाे ।'

सन् २०१४ मा फर्गुसनमा एक श्वेत प्रहरी अधिकारीले १८ वर्षीय निहत्था माइकल ब्राउनलाई गाेली प्रहार गरेका थिए । त्यसपछि पूरै देशमा ठूलाे सङ्ख्यामा विराेध प्रदर्शन भएकाे थियाे । 

ज्यान गुमाउनेकाे याे सूचीमा जमार क्लार्क, जेरेमी म्याकडाेल, विलयम च्यापनम्यान द्वितीय, वाल्टर सक्टसहित कैयाैँ नाम समावेश छ । 

चकित पार्ने आँकडा

वाशिङ्टन पाेस्टले जनवरी २०१५ मा प्रहरीकाे बन्दुकबाट हुने हत्याकाे तथ्याङ्क राख्न सुरु गरेकाे थियाे । याे तथ्याङ्कमा अहिलेसम्म शूटिङकाे झण्डै चार हजार चार सय घटना दर्ता भइसकेकाे छ । 

याे तथ्याङ्ककाे अनुसार 'प्रहरी अश्वेत अमेरिकीलाई निर्दयतापूर्वक मारिदिन्छ ।'

यसकाे अनुसार 'अश्वेत नागरिककाे सङ्ख्या अमेरिकाकाे कुल जनसङ्ख्यामध्ये १३ प्रतिशतमात्र छ तर प्रहरीकाे बन्दुकबाट मर्नेकाे सङ्ख्या कुल मृत्युकाे एक चाैथाइ हिस्सा अश्वेत मानिसकाे रहेकाे छ । निहत्था व्यक्तिकाे मृत्युकाे मामिलामा कुल मृत्युकाे एक तिहाइ अश्वेत व्यक्ति रहेका छन् ।'

डेटाबेसकाे अनुसार–

कुनै निहत्था श्वेत व्यक्तिकाे तुलनामा कुनै निहत्था अश्वेत व्यक्तिकाे प्रहरीद्वारा मारिने सम्भावना चार गुणा अधिक हुन्छ । 

प्रहरीकाे बन्दुकबाट मर्ने धेरै पुरुष छन् । तीमध्ये आधा २० देखि ४० वर्षबीचका छन् । 

सन् २०१५ देखि अहिलेसम्म प्रहरीकाे बन्दुकबाट प्रत्येक दिन औसत तीन जनाकाे मृत्यु हुने गरेकाे छ । 

वेबसाइट mappingpoliceviolence.org काे अनुसार 'सन् २०१९ मा एक हजार ९९ जना प्रहरीकाे हातबाट मारिएका थिए ।'

वेबसाइटमा रहेका तथ्याङ्क अनुसार 'देशकाे कुल जनसङ्ख्याकाे १३ प्रतिशत भए पनि मर्नेमध्ये २४ प्रतिशत अश्वेत व्यक्ति थिए । सन् २०१९ मा केवल २७ दिन यस्ताे थियाे जब प्रहरीले कसैलाई पनि मारेकाे थिएन ।'

जमिनस्तरमा फैलिएकाे भेदभावकाे अवस्था

बाल्टिमाेर प्रहरी विभागकाे सन् २०१६ काे जस्टिस डिपार्टमेन्टकाे एक रिपाेर्टले जमिनस्तरमा फैलिएकाे व्यापक जातीय भेदभावकाे उजागर गर्छ । 

रिपाेर्टमा 'अफ्रिकी अमेरिकी मानिसविरुद्धकाे भेदभाव' शीर्षकमा सडक किनारामा हिँड्ने अफ्रिकी अमेरिकी नागरिकलाई बाल्टिमाेर प्रहरी विभागले धेरै पटक राेकेेकाे लेखिएकाे छ । 

'अधबैँसे उमेरका एक अफ्रिकी अमेरिकी व्यक्तिलाई चार वर्षमा झण्डै ३० पटक राेकिएकाे थियाे । पटक–पटक उनलाई राेक्नुकाे बाबजुद याे ३० मामिलाकाे क्रममा कहिल्यै कसैलाई कारण बताउन सूचना दिइएन र आपराधिक मुद्दा पनि दर्ता गरिएन ।'

'सडकमा गस्तीकाे क्रममा बाल्टिमाेर प्रहरी विभागले अफ्रिकी अमेरिकी नागरिकलाई बढि खाेज्ने गर्दथ्याे । बाल्टीमाेर प्रहरी विभागले आपराधिक मुद्दा दर्ता गरेकामध्ये ८६ प्रतिशत व्यक्ति अफ्रिकी अमेरिकी मुलका थिए । यद्यपि त्याे बाल्टिमाेरकाे कुल जनसङ्ख्याकाे मात्र ६३ प्रतिशत हाे ।'

अश्वेत वर्गकाे विरुद्ध धेरै भेदभावकाे लागि जातीय कारण एकातिर र प्रहरीकाे अधिक सैन्यीकरण, पारदर्शिताकाे अभाव र जवाफदेहीताकाे कमी यसका अन्य कारण हुन् । केही जानकारहरु अमेरिकी प्रहरीमा जातीय विविधताकाे कमीलाई पनि एक मुख्य कारण बताउँछन् । 

सन् २०१६ काे आँकडा हेर्दा कुल सात लाख एक हजार पूर्णकालिक प्रहरी अधिकारीमध्ये ७१ प्रतिशत अफिसर श्वेत थिए भने २७ प्रतिशत अफिसर अश्वेत वा अरु कुनै रङ्गका थिए । 

सन् २०१७ मा आएकाे एक अध्ययनमा अश्वेत व्यक्तिकाे तुलनामा प्रहरी अधिकारीहरु श्वेत व्यक्तिकाे धेरै सम्मान गर्ने गरेकाे बताइएकाे छ । 

सन् २०१६ काे अर्काे अध्ययन अनुसार मादक पदार्थ बेच्ने र प्रयाेग गर्ने काममा अश्वेत र श्वेत अमेरकी समान दरमा रहेका थिए तर यस्ताे मामिलामा अश्वेत व्यक्ति गिरफ्तार हुने सम्भावना २ दशमलव ७ प्रतिशत बढी छ । 

यद्यपि कैयाैँ व्यक्ति प्रहरीकाे ज्यादती मामिलामा जातीय भेदभावकाे कुनै नाता नरहेकाे तर्क गर्छन् । यस्ता व्यक्ति डेनियल शेभरकाे उदाहरण दिन्छन्, जसकाे सन् २०१६ मा एक प्रहरी अधिकारीले हत्या गरेका थिए । 

वाशिङ्टन पाेस्टमा रेडली बाल्काेले लेखेका थिए 'जब एक श्वेत व्यक्ति कुनै श्वेत प्रहरी अधिकारीकाे अत्याचारकाे भिडियाे देख्दा हामीलाई रिस उठ्न सक्छ, हामीलाई दुःख हुन्छ वा असहज हुन्छ तर हामीमध्ये काेही पनि आफूलाई त्याे व्यक्तिकाे ठाउँमा राखेर हेर्दैनाैँ ।' 

'हामीलाई लाग्छ, यदि हामी विनम्र छाैँ भने डेनियल शेभरकाे साथ जे भयाे त्याे हामीसँग हुने सम्भावना कम छ ।'

'तर जब हाेमी अश्वेत व्यक्ति डेरेक शभिन जर्ज फ्लोएडकाे गर्धनमा घुँडा राखिएकाे भिडियाे हेर्दा उनी त्यसलाई आफ्नाे छाेरा भाइ वा साथी हुन सक्ने साेच्छ ।'

अमेरिकामा डेमाक्रेटिक पार्टीकाे तर्फबाट अमेरिकी राषट्रपतीय चुनावकाे दाैडमा सम्भावित उम्मेदवार जाे बिडेनलाई अश्वेत नागरिककाे मतकाे समर्थन मिलिरहेकाे छ । 

र अब आउने राष्ट्रपतीय चुनावमा प्रहरी हिंसाकाे याे मुद्दा एक अमह चुनावी मुद्दा बनेकाे छ । 

(बीबीसीबाट अनूदित अंश ।)

अन्तिम अपडेट: असार २३, २०७७

तपाईको प्रतिक्रिया