जर्ज फ्लाेएड मृत्यु प्रकरण : अमेरिकी शहरमा विराेध प्रदर्शन, ह्वाइट हाउससम्म पुगे प्रदर्शनकारी

 जेठ १९, २०७७ सोमबार १६:८:२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफ्रिकी–अमेरिकी नागरिक जर्ज फ्लाेइडकाे प्रहरी हिरासतमा भएकाे मृत्युलाई लिएर अमेरिकाकाे विभिन्न शहरमा विराेध प्रदर्शन भइरहेकाे छ । 

वाशिङ्गटनमा त प्रदर्शनकारीहरु अमेरिकी राष्ट्रपतिकाे कार्यालय ह्वाइट हाउसकाे बाहिर पनि उपस्थित भएका थिए । प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुङ्गा प्रहार पनि गरे । 

लगातार छैटाैँ दिन अमेरिकाकाे कैयाैँ शहरमा विराेध प्रदर्शन भइरहँदा कैयाैँ ठाउँमा हिंसा पनि भएकाे छ । 

झण्डै ४० शहरमा कर्फ्यु लगाइएकाे छ तर मानिसहरुले त्यसकाे बेवास्ता गर्दै सडकमा उत्रिएकाे देख्न सकिन्छ । यही कारण तनाव निकै बढेकाे छ । 

न्युयाेर्क, शिकागाे, फिलाडेल्फिया र लस एन्जेलेसमा प्रहरी र प्रदर्शनकारीबीच सङ्घर्ष पनि भएकाे छ । 

प्रदर्शनकारीलाई तितरबितर गर्नकाे लागि प्रहरीले अश्रृग्यास र पेपर बुलेट्सकाे पनि प्रयाेग गरेकाे थियाे । 

कैयाैँ शहरमा प्रहरीकाे गाडीमा आगाे लगाइएकाे छ भने पसलहरुमा ताेडफाेडका साथै सामानहरु लुटिएकाे छ । 

अमेरिकामा घरेलु आपतकाे स्थितिलाई नियन्त्रणमा लिन रिजर्भ मिलिटरी द नेशनल गार्डका अनुसार उसका पाँच हजार जवान वाशिङ्टनसहित १५ राज्यमा परिचालन गरिएकाे छ । 

आइतबार अमेरिकाकाे कैयाैँ शहरमा प्रदर्शनकाे क्रममा प्रहरीकाे गाडीमा आगजनी भएकाे थियाे । प्रहरीले प्रदर्शनकारीहरुमाथि अश्रृग्यास र फ्ल्याश ग्रेनेडकाे पनि प्रयाेग गरेकाे थियाे । 

फिलाडेल्फियामा स्थानीय टेलिभिजनले प्रहरीकाे गाडीमा ताेडफाेड भइरहेकाे र एउटा स्टाेरमा लुटपाट भइरहेकाे देखाएकाे थियाे । 

मिनियापाेलिसमा एक श्वेत प्रहरी अधिकारीमाथि ४६ वर्षीय जर्ज फ्लाेइडकाे हत्याकाे आराेपमा मुद्दा दर्ता गरिएकाे छ । ४४ वर्षीय प्रहरी अधिकारी डेरेक चाैभिनलाई आज अदालतमा उपस्थित गराइने बताइएकाे छ । 

के थियाे घटना ?

एक श्वेत प्रहरी अधिकारीले जर्ज फ्लाेइड नाम गरेका एक निहत्था अश्वेत व्यक्तिकाे गर्धनमा घुँडा टेकेर उसलाई दबाएकाे भिडियाे सार्वजनिक भएपछि मानिसहरु सडकमा उत्रिएका हुन् । त्यसकाे केही मिनेटमै जर्जकाे निधन भएकाे थियाे । 

भिडियाेमा जर्जकाे आसपास रहेका व्यक्तिले प्रहरी अधिकारीसँग त्यसाे नगर्न अनुराेध गरिरहेकाे पनि देख्न सकिन्थ्याे । 

प्रहरी अधिकारीकाे घुँडामुनि दबिएका जर्जले पटक–पटक भनिरहेका थिए, '(प्लिज आई कान्ट ब्रिथ) म सास फेर्न सकिरहेकाे छैन ।' यही नै उनकाे अन्तिम शब्द बन्याे । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया