'कालीमाटी बजारमा व्यापारी र उपभोक्ता दुवैले मास्क पनि लगाउँदैनन्', जोखिम झन् बढ्यो

 भदौ १२, २०७७ शुक्रबार १८:१५:१९ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा थप जोखिम बढेको छ ।

व्यापारी र ग्राहकले सामान्यतया दुरी कायम नगरेकाे र मास्कसम्म पनि नलगाएको पाएपछि कोरोना भाइरसको जोखिम बढेको हो ।

यसअघि नै कालीमाटीका तरकारी व्यापारीमा कोरोना भाइरस देखिसकेको अवस्था भए पनि सावधानी भने नअपनाइएकाे पाइएकाे हाे । काठमाण्डाै महानगरपालिकाकाे कृषि विभागको अगुवाइमा बिहान अनुगमन टोली त्यहाँ पुग्दा अवस्था सामान्य बेला जस्तै थियो ।

हरेक दिन काठमाण्डाै उपत्यका र अझै बढी काठमाण्डाै जिल्लामा भाइरसका सङ्क्रमितकाे सङ्ख्या थपिने क्रम जारी  छ ।

दैनिक औसतमा पाँच सय मेट्रिक टन तरकारी तथा फलफुल बिक्री हुने बजारमा चार सय ५२ वटा थोक, ६५ वटा खुद्रा र २७ वटा माछा पसल छन् । खुद्रामा भन्दा थोक बजारमा तरकारी र फलफुल सस्तो पाइने भनेर उपभोक्ता कालीमाटी जान थालेपछि त्यहाँ भिड बढेको अनुगमन टोलीको निष्कर्ष छ । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया