बाँदरलाई हानेको गोली लागेर बालकको ज्यान गयो

 भदौ १३, २०७७ शनिबार १८:१०:० | दमन राई
unn.prixa.net

खाेटाङ – बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लाग्दा खोटाङमा एक बालकको ज्यान गएको छ ।

ऐंसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको छर्राले लाग्दा १२ वर्षीय शैलेन्द्र तामाङको ज्यान गएको हो । सुठुनीबारीमा बाँदर धपाउनका लागि शुक्रबार साँझ भरुवा बन्दुक पड्काउने क्रममा छर्रा लाग्दा बालकको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नारायणप्रसाद चिमोरियाले बताउनुभयो ।

प्रहरीले मानकाजीलाई बन्दुकसहित पक्राउ गरेको छ । बुवाआमा वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएपछि शैलेन्द्र सानिआमा (आमाको बहिनी)को घरमा बस्दै आएका थिए । बाँदर छेक्न गएका बालक बाँदर आउने भनिएको स्थानबाट आएपछि गोली लागेको जलेश्वरीका वडाध्यक्ष नैनकुमार राईले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया