बेलारुसमा सरकारविरुद्ध प्रदर्शन चर्किँदै

 भदौ १५, २०७७ सोमबार ६:३७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - बेलारुसमा सरकारविरुद्ध प्रदर्शन चर्किँदै गएको छ ।

राष्ट्रपति एलेक्जेडर लुकासेन्कोविरुद्ध हजारौँ मानिस सडकमा आएपछि अवस्था तनावपूर्ण बनेको हो । राजधानी मिन्स्कलगायतका ठाउँमा धेरैको संख्यामा प्रहरी खटाइएको बीबीसीले जनाएको छ।

अहिलेसम्म १ सय २५ जनालाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीले राष्ट्रपतिले पद छाड्नुपर्ने बताउँदै आएका छन् । 

गएको अगस्ट ९ मा भएको चुनावमा धाँधली गरेको भन्दै राष्ट्रपतिविरुद्ध प्रदर्शन हुँदै आएको छ । सन् १९९४ देखि सत्तामा रहेका लुकासेन्कोले ८० दशमलव १ प्रतिशत मत प्राप्त गरेको निर्वाचनसम्बन्धी निकाय सेन्ट्रल इलेक्सन कमिसनले बताएको छ । 

प्रमुख विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले भने १० दशमलव १२ प्रतिशत मात्रै मत प्राप्त गर्नुभएको छ । तर उहाँले राम्रोसँग गणना गरे आफूले ६० देखि ७० प्रतिशत समर्थन प्राप्त गरेको दाबी गरिरहनुभएको छ । चुनाव अगाडि  झण्डै ६ हजार ७ सयभन्दा धेरै व्यक्तिलाई पक्राउ गरी  प्रहरी हिरासतमा राखिएको खबरहरु सार्वजनिक भएका थिए ।


 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया