काठमाण्डौ महानगरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्त...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । उहाँको ८४ वर्षको उमेरमा निधन भएको हो ।
उहाँ दिल्लीमा सेनाकाे आर एण्ड आर अस्पतालमा भर्ना हुनुभएकाे थियाे । उहाँले भारतकाे अर्थ, रक्षा तथा विदेश मन्त्री जस्ताे पदमा रहेर आफ्नाे जिम्मेवारी निर्वाह गर्नुभएकाे थियाे ।
उहाँकाे मस्तिष्कको शल्यक्रिया गर्नुअघि गरिएको परीक्षणमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको थियो । गएकाे अगस्ट १० मा मुखर्जीले ट्वीट गर्दै आफूमा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे बताउनुभएकाे थियाे ।
शल्यक्रिया पछि पूर्वराष्ट्रपति मुखर्जी कोमामा पुग्नुभएकाे थियाे र आर एण्ड आर अस्पतालले हरेक दिन उहाँकाे स्वास्थ्यकाे बारेमा जानकारी दिइरहेकाे थियाे ।
साेमबार साँझ पाैने ६ बजेतिर राष्ट्रपति प्रणब मुखर्जीका छाेरा तथा पूर्वसांसद् अभिजीत मुखर्जीले ट्वीट गर्दै उहाँकाे निधनकाे पुष्टि गर्नुभएकाे हाे ।
उहाँले ट्वीटमा भन्नुभएकाे छ, 'आरआर अस्पतालकाे पूरा काेसिस, भारतीय नागरिककाे प्रार्थनाकाे बाबजुद मेरा पिता श्री प्रणब मुखर्जी हामीमाझ रहनुभएन । म सबैलाई धन्यवाद दिन चाहन्छु ।'
— Abhijit Mukherjee (@ABHIJIT_LS) August 31, 2020
भारतका वर्तमान राष्ट्रपति रामनाथ काेविन्दले ट्वीट गर्दै पूर्वराष्ट्रपति प्रणब मुखर्जीकाे निधनप्रति दुःख व्यक्त गर्नुभएकाे छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मुखर्जीकाे निधनमा शाेक व्यक्त गर्दै ट्वीट गर्नुभएकाे छ ।
उहाँले लेख्नुभएकाे छ, 'भारत रत्न श्री प्रणब मुखर्जीकाे निधनमा भारत शाेकाकुल छ । हाम्राे राष्ट्रकाे विकासकाे यात्रामा उहाँले नमेटिने छाप छाेड्नुभएकाे छ । एक विद्वान, उचाे कदका राजनेता, जसलाई सबै समुदाय र राजनीतिक वर्गले प्रशंसा गरेका छन् ।'
— Narendra Modi (@narendramodi) August 31, 2020
प्रधानमन्त्री नरेन्द्र माेदीले सन् २०१४ काे सन्दर्भलाई जाेड्दै दिल्लीमा पहिलाे दिन पूर्वराष्ट्रपति प्रणब मुखर्जीकाे मार्गदर्शन, समर्थन र आशीर्वाद मिलिरहेकाे र उहाँसँगकाे कुराकानी सधैँ याद गरिरहने बताउनुभएकाे छ ।
भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीले ट्वीट गर्दै पूर्व कांग्रेस नेताकाे निधनमा दुःख व्यक्त गर्नुभएकाे छ ।
गृह मन्त्री अमित शाहले पनि ट्वीट गर्दै प्रणब मुखर्जीकाे निधनप्रति शाेक व्यक्त गर्नुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।