खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
चितवन - पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-३ पानीधारामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा सर्लाहीको वरहथवा-२ का १५ वर्षीय बादे रानामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाइते रानामगरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
अन्य घाइतेको अवस्था मध्यम रहेको र त्यही अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । काठमाण्डाैबाट बिरामी लिएर सर्लाही जानका लागि आउँदै गरेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैँ अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल त्रिशूली नदी किनारमा खस्दा चालकसहित एम्बुलेन्समा सवार सबै घाइते भएका छन् । दुर्घटना बिहान ५ः१५ बजे भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।