उपत्यकाको निषेधाज्ञा आज रातिदेखि सकिंदै, अब के गर्ने भन्नेबारे दिउँसाे छलफल हुने

 भदौ १७, २०७७ बुधबार ७:३५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा जारी निषेधाज्ञा बुधबार रातिदेखि सकिंदै छ । तर अब के गर्ने भन्ने बारे निर्णय भइसकेको छैन । काठमाण्डाै उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले निषेधाज्ञा लम्बिन सक्ने सम्भावना रहेको छ ।

‘अब कसरी अगाडी बढ्ने भन्ने विषयमा दिउँसाे तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीच छलफल गर्दैछौं', ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भन्नुभयो ।

बुधबार दिउँसाेको बैठकले निर्णय गर्ने उहाँले बताउनुभयो । हिजो भएको भर्चुअल बैठकले निषेधाज्ञाको मोडालिटी परिवर्त गर्ने की भन्ने विषयमा छलफल भएको पनि उहाँले बताउनुभयो । कतिपय विज्ञबाट निषेधाज्ञा केही खुकुलो बनाउनुपर्छ भन्ने सुझाव आएको र कतिपयबाट अझै कडाइ गर्नुपर्ने सुझाव प्राप्त भएको काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो ।

उपत्यका नगरपालिका फोरमले भने अझै कडा गर्नुपर्ने आवश्यकता औँल्याउँदै सुझाव पठाएको छ । फोरमका सचिव मदनसुन्दर श्रेष्ठले अहिलेसम्मको नतिजा हेर्दा सङ्क्रमण बढ्दै गएको देखिएकाले अर्को एक हप्ता थप कडाइ गर्न सुझाव दिएको बताउनुभयो ।

उपत्यकामा गएको ३ गते रातिदेखि लागू भएको लकडाउन बुधबार राति १२ बजेदेखि सकिंदै छ । यसअघि १० गतेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर १७ गते राति १० बजेसम्म पुर्याइएको हो ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Prakash

    Sept. 2, 2020, 8:41 a.m.

    लकडाउन यसको अन्तिम उत्तर हैन जस्तो लाग्छ / सरकारले प्रदेश प्रदेशमा गरीबलाई निशुल्क , मध्यम वर्गका लागि छुटमा र धनीका लागि पुरा शुल्क लिएर कोरोनाको जांच गराउनुपर्छ / ठाउँ ठाउँमा क्वरेन्टिनको सुबिधा राख्नुपर्छ / पोजिटिभ देखिएकोलाई सुविधायुक्त क्वरेन्टिनमा राख्ने व्यवस्था गर्नुपर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया