काठमाण्डौ उपत्यकाका विभिन्न २३ ठाउँमा ट्राफिक डमी राखियो

 भदौ १७, २०७७ बुधबार ८:०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका विभिन्न २३ ठाउँमा ट्राफिक डमी राखिएको छ । काठमाण्डाैमा १७, ललितपुरमा ३ र भक्तपुरमा ३ वटा सूचनामूलक बोर्डहरु बोकेर उभिएको ट्राफिक डमी राखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

हेर्दा ट्राफिक प्रहरीजस्तो देखिने डमीमा कोरोना भाइरसको संक्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । यस्तै कोरोना भाइरसबाट बच्न काठमाण्डाै उपत्यकाका विभिन्न ६० चोकमा सूचना बोर्ड राखिएको छ । बोर्डमा सामाजिक दूरी कायम गर्न, मास्क लगाएर हिड्न, अनावश्यक हिँडडुल नगर्न, स्वास्थ्यका मापदण्ड पालना गर्न, ट्राफिक नियमकाे पालना गर्न लगायत आग्रह गरिएको छ ।

ट्राफिक प्रहरीले अहिले विभिन्न ४५ ठाउँमा संयुक्त चेक प्वाइन्ट राखेको छ । १४ सय ४५ ट्राफिक प्रहरीलाई काठमाण्डाैका विभिन्न एक सय ५२ ठाउँमा खटाइएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं एसएसपी भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

यसैबीच, निषेधाज्ञाको २ हप्ताको अवधिमा ११ हजार ७ सय ७३ गाडीलाई होल्ड गरिएको छ । गुड्न नपाइने गाडीहरुलाई एक देखि तीन दिनसम्म होल्ड गरेर छाड्ने गरिएको महाशाखाले जनाएको छ । यस्तै अत्यावश्यक सेवा र वस्तुसँग सम्बन्धित गाडीलाई भने सहजिकरण गरिएको महाशाखाका प्रमुख ढकालले बताउनुभयो ।

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया