कोटेश्वरदेखि जडीबुटी चोकसम्मको सडक ८ लेनकाे बनाइँदै

 भदौ १७, २०७७ बुधबार ८:३४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोटेश्वरदेखि जडीबुटी चोकसम्मको सडक आठ लेनकाे बनाइने भएकाे छ । यसअघि चार लेन रहेको यो सडकखण्डलाई अब आठ लेन बनाउन लागिएको सडक विभागले जनाएको हाे ।

काठमाण्डाैको कोटेश्वरदेखि जडीबुटी चोकसम्मको सडकमा गाडीको जाम कम गर्न लेन थप्ने काम सुरु भएको हाे । १२ करोड रुपैयाँ लगानीमा तीन महिनाभित्र काम सक्याउनेगरी चार लेन थप्न लागिएको हो ।

लेन थपिएपछि कोटेश्वरदेखि जडीबुटी चोकसम्म धेरै समसयम्म गाडी जाम हुने समस्याको समाधान हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं एसएसपी भीम ढकालले बताउनुभयो ।

महाशाखाले केही महिनाअघि बनाएको ३७ बुँदे कार्ययोजनामा यो सडकखण्डको लेन विस्तार गर्नुपर्ने रहेको थियो । त्यही कार्ययोजना अनुसार सरकारले बजेट छुट्याएर काम सुरु भएको महाशाखाका प्रमुख ढकालले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया