रगतकाे अभाव बढेपछि काठमाण्डाैमा रक्तदान

 भदौ १७, २०७७ बुधबार १६:४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – रगतको अभाव बढेपछि काठमाण्डाैमा रक्तदान कार्यक्रम भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै रक्तदान कार्यक्रम रोकिँदा रगतको अभाव बढ्दो छ ।

रगत पाउन नै समस्या भएपछि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर काठमाण्डाैमा रक्तदान गरेको मानव अधिकार शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार बिहान आठ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रममा ६६ जनाले रगत दान गरेका छन् ।

गएको चैतमा भएको लकडाउनदेखि नै रगतको अभाव हुँदै आएको छ । कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिएपछि रगत दान कार्यक्रम प्रायः ठप्प नै भएको थियो । जसले गर्दा गर्भवती, सुत्केरी र दुर्घटनामा परेकाको उपचारकाे लागि रगत जुटाउन नै मुस्किल भएको केन्द्रीय रक्तसञ्चार केन्द्रले जनाएको छ । रगतको अभाव भएपछि केन्द्रले प्राथमिकताका आधारमा मात्रै रगत वितरण गर्दै आएको छ ।

अहिले काठमाण्डाैसहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा लागू भएकाले पनि रक्तदान कार्यक्रम हुन सकेको छैन । तर यसबीचमा स्वास्थ्य मन्त्रालयले सुरक्षित तरिकाले रगत दान सबै रक्तदातालाई आह्वान गरेको थियो । रगतको विकल्प अरु हुनै नसक्ने भएकाले सुक्षित तरिकारले रगत दान गर्न मन्त्रालयको आग्रह छ ।

तर रक्तदाताले भने वर्षौदेखि रगत दान गर्दै आए पनि आफ्नो योगदानको कदर नभएकाले रक्तदान कार्यक्रम घट्दै गएको गुनासो गरेका छन् । विपद्का बेला सरकारले व्यवस्थापनमा ध्यान नदिँदा समस्या परेको बिरामीका आफन्तले बताएका छन् । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया