काठमाण्डाै उपत्यकामा बुधबार ३८८ कोरोनाका सङ्क्रमित थपिए

 भदौ १७, २०७७ बुधबार १७:१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा तीन सय ८८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डाैमा तीन सय ५०, ललितपुरमा २९ र भक्तपुरमा नौ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

बुधबार देशभर एक हजार एक सय २० जनालाई कोरोनाकाे सङ्क्रमण पुष्टि भएकाे छ । याेसहित अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।

केही दिनयता काठमाण्डौ उपत्यकासहित देशैभर कोरोनाको जोखिम बढिरहेको छ । यही अवस्थालाई ध्यानमा राखी विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन घोषणा गरिएको छ ।  

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया