मेलम्चीको पाइप फुटेपछि काठमाण्डौको बबरमहल जलमग्न
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – सरकारले छात्रवृत्ति अध्ययन गरी करारमा रहेका डाक्टर र स्वास्थ्यकर्मीको म्याद थपेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले छात्रवृत्तिमा करारमा रहेका डाक्टर र स्वास्थ्यकर्मीको म्याद पुस मसान्तसम्म थप गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले छात्रवृत्तिमा अध्ययन गरेका डाक्टर र स्वास्थ्यकर्मीको करार म्याद सकिएको भए पनि पुस मसान्तसम्म थप गरेको जानकारी दिनुभयो । यस्तै उहाँले कर्मचारी समायोजनमा सङ्घ , प्रदेश र पालिकामा खटाइए पनि रमाना नलिइ समायोजन भएका ठाउँमा नगएका स्वास्थ्यकर्मीलाई आवश्यक्ता परे त्यही ठाउँमा रहेर तलब भत्ता खुवाउने गरी उपचारमा खटाउन सकिने निर्णय भएको पनि जानकारी दिनुभयो ।
यो निर्णय आउँदो कात्तिक मसान्तसम्म लागू हुने उहाँले जानकारी दिनुभयो । यस्तै कुनै ठाउँमा जनशक्ति व्यवस्थापन गर्न समस्या भए वा जनशक्ति अभाव भए माग गर्न पनि आग्रह गर्नुभएको छ ।
स्वास्थ्य मन्त्रालयले पाँच दिने सूचना आह्वान गरी विभिन्न निकाय, पद र समूहमा दरखास्त मागेकाले आवश्यक परे माग भएका ठाउँमा जनशक्ति पठाइने पनि स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले बताउनुभयो ।
यस्तै कोरोनाको उपचारका लागि आइसोलेशन र क्वरेण्टीनमा समेत स्वास्थ्यकर्मी खटाउनुपर्ने भएकाले लामो समय अनुभव भएका डाक्टर, नर्स र प्यारामेडिक्सलाई स्वयंसेवकको रुपमा काम गर्नका लागि पनि दरखास्त दिन उहाँले आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।