मेलम्चीको पाइप फुटेपछि काठमाण्डौको बबरमहल जलमग्न
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – नेपालमा हुने भनिएको विश्व कप छनोटको खेलका राष्ट्रिय टोलीका ३४ खेलाडीको कोरोना परीक्षण भएको थियो । ३३ खेलाडीको कोरोना रिर्पोट नेगेटिभ आउँदा एक खेलाडी एरिक विष्टको रिपोर्ट पोजेटिभ देखिएको थियो । १९ दिन लामो आइसोलेशन बसाइँपछि गरिएको कोरोना परीक्षणमा एरिक विष्ट कोरोनामुक्त भएका छन् ।
सरकारले निषेधाज्ञा जारी गर्नु अगाडि नै नेपालमा हुने कतार विश्व कप छनोटको दोस्रो लिगका लागि फुटबलको अभ्यास सुरु गर्ने तयारी गरेको थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) ले तोकेअनुसार सुरक्षाका मापदण्ड अपनाउँदै खेलाडीहरुलाई अभ्यासमा फर्काउन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले तयारी गरेको थियो । तर समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिएसँगै प्रशासनले निषेधाज्ञा गरेपछि अभ्यास स्थगित भएको थियो ।
अभ्यास अगाडि गरिएको पीसीआर परीक्षणमा ३४ जना खेलाडीमध्ये एरिक विष्टलाई कोरोना पोजेटिभ देखिएको थियो । अभ्यासपूर्व गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिए पनि कुनै लक्षण भने नदेखिएको विष्टले बताए ।
घरमै आइसोलेशनमा बसेका एरिकले बुधबार टेकु अस्पतालले कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको भन्दै खबर गरेको बताए । यस अवधिमा सबैतिर कोरोना भएको भन्दै आफन्त र साथीभाइले सोध्दा आपूm खिन्न भए पनि मनोबललाई उच्च राख्न इन्टरनेटको सहायता लिएको र उच्च मनोबलकै कारण कोरोनालाई जित्न सफल भएको उनको अनुभव छ ।
विष्टले कोरोना सामान्य फ्लु भएको र यसबाट बच्नका लागि सामाजिक दुरी कायम राख्नुपर्ने सुझाव दिएका छन् । पोजेटिभ देखिनेबित्तिकै डराउनुनपर्ने उनको भनाइ छ ।
यसअघि स्क्वासका एक प्रशिक्षकमा पनि कोरोना पोजेटिभ देखिएको थियो । उनी पनि कोरोनामुक्त भइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।