पबजीसहित थप ११८ एपमाथि भारतले प्रतिबन्ध लगायाे

 भदौ १७, २०७७ बुधबार १८:५३:३२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतले चीनमा विकसित एक सय १८ माेबाइल एप्सलाई प्रतिबन्ध लगाएकाे छ, यसमा पबजी पनि सामेल छ । 

इलेक्ट्राेनिक्स र इन्फर्मेशन टेक्नाेलजी मन्त्रालयलकाे तर्फबाट जारी गरिएकाे बयानमा ती एप्सले भारतकाे सम्प्रभुता र अखण्डता, देशकाे रक्षा र लाेक व्यवस्थाविरुद्धकाे गतिविधिमा लिप्त भएकाे बताइएकाे छ । 

मन्त्रालयकाे बयानमा भनिएकाे छ, 'याे कदमबाट भारतका कराेडाैँ माेबाइल र इन्टरनेट प्रयाेगकर्ताकाे हितकाे रक्षा हुनेछ । याे निर्णय भारतकाे साइबर स्पेसकाे सुरक्षा र सम्प्रभुताकाे सुनिश्चित गर्ने मनसायबाट लिइएकाे हाे ।' 

बयानका अनुसार भारत सरकारलाई यी एपका बारेमा विभिन्न गुनासा आइरहेका थिए, तीमध्ये केही रिपाेर्टमा एन्ड्राेइड र आईओएसमा उपलब्ध केही माेबाइल एप्सबाट प्रयाेगकर्ताकाे डाटा अनाधिकृत रुपमा चाेरी गरेर भारतबाहिर रहेकाे सर्भरमा पठाइरहेकाे बताइएकाे थियाे । 

लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा दुई देशकाे तनाव बढेकाे खबर आएलगत्तै भारतले चीनकाे थप एक सय १८ एप्स प्रतिबन्ध गर्ने निर्णय गरेकाे हाे । 

भारत सरकारले यसअघि जुन महिनामा पनि चीनसँग जाेडिएका ५९ एप्समा प्रतिबन्ध लगाएकाे थियाे, त्यसमा टिकटक पनि सामेल थियाे । 

पछिल्लाे पटक ५९ चिनियाँ एप्स प्रतिबन्ध गर्ने निर्णय गलवान उपत्यकामा १५ जुलाईमा भारत–चीन सैनिकबीच भएकाे हिंसक झडपकाे केही दिनपछि लिइएकाे थियाे । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • bhakta kala magar

    Sept. 2, 2020, 9:23 p.m.

    pubg and free fire should be band in nepal

  •  0 Reply

तपाईको प्रतिक्रिया